Wednesday, March 3

यीनै हुन जो घरविदामा हिडेका नविन घर नपुग्दै बाटोमै दुर्घटनामा परि ज्यान गुमाए !

February 1, 2021 92

धनगढीबाट दैलेख आउदै गरेको देउराली नजिकै मोटरसाइकललाई गाडिले ठक्करक्कर दिदा नेपाली सेनामा कार्यरत नवीन बिष्ट (यामु) को मृत्यु भएको छ।

नारायण नगरपालिका वडा नं.११ विन्द्य्यावासिनी काँडा (भक्केमुला) निवासि हाल नेपाली सेनामा धनगढीमा कार्यरत तिर्थ बहादुर बिष्टका जेष्ठ छोरा नवीन बिष्ट (यामु) धनगढीबाट घरविदामा दैलेख आउदै गर्दा मोटरसाइकललाई गाडिले ठक्कर दिदा उनको ज्यान गएको हो ।

त्यस्तै धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उप–महानगरपालिकाको वडा नम्बर ६ स्थित मटियारीमा सुपप्र ०१००९प ९१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी–६ का १८ वर्षीय रोहित रानाको मृत्यु भएको हो।

३ जना सवार रहेको मोटरसाइकल आफै दुर्घटना हुँदा रानासहित अन्य २ जना पनि घाइते भएका थिए। घाइते रानाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका धनगढीकै १९ वर्षीय कृष्ण राना र मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का १९ वर्षीय मिलेन्द्र सिंह रानाको उपचार भइरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

प्रतिकृया दिनुहोस्