Thursday, January 21

भारतमा एकै रातमा २३ सय बढी कोरोनाका नयाँ संक्रमित थपिए, एकैदिन ६९ जनाकाे नि*धन

May 2, 2020 246

काठमाडाैं, २० वैशाख । कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन निधन हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा शनिबार बिहानसम्म काेराेनाका कारण निधन हुनेकाे संख्या १ हजार २ सय २३ पुगेकाे छ भने संक्रमितकाे संख्या ३७ हजार २ सय ५७ पुगेकाे छ । यसैबीच १० हजार जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा २ हजार ३ सय ९४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६९ जनाको निधन भएको छ । भारतमा देखिएका यी संंक्रमितहरूमध्ये ८ हजार ८८८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २५ हजार ७ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ३९५ संक्रमित रहेका छन् । यस राज्यमा ६१३ जना उपचारपछि घर फर्किएका छन् । गुजरातमा यस भाइरसको सक्रमणको कारण २१४ जनाको ज्यान गएको छ । गुजरातपछि यस भाइरसको संक्रमण तेस्रो स्थानमा दिल्ली रहेको र यहाँ ३ हजार ५१५ संक्रमित रहेका छन् । यस राज्यमा १ हजार ९४ जना उपचारपछि घर फर्किएका छन् ।

दिल्लीमा यस भाइरसको सक्रमणको कारण ५९ जनाको ज्यान गएको छ । भारतमा कोरोनाको खतरा बढेसंग नेपालमा पनि अहिले कोरोनाको जोखिम बढ्दै गएको छ । काेराेनाकाे संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएकाे छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुन १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो । दोस्रो चरणको लकडाउन मे ३ (बैशाख २१) मा सकिँदै छ । भारतमा कोरोनाको खतरा बढेसंग नेपालमा पनि अहिले कोरोनाको जोखिम बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस्