काठमाण्डौ । जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं आदिबासी जनजाति महासंघका पुर्व अध्यक्ष आङ्गकाजी शेर्पाले मुख्यमन्त्री शेरधन राईको विषयप्रति चर्को आलोचना गरेका छन् । उनले प्रदेश १ का मुख्यमन्त्री राईले जुन लक्जरी बजेट खर्चिएर बिहे गरे त्यो उनको हैसियत नभएको भन्दै मुख्यमन्त्री राईको आलोचना गरेका हुन् । नेता शेर्पाले राई आफैमा कम्युनिष्टको नेता भएको नाताले उनी एक सर्वहारा वर्गको नेतृत्व गर्ने नेता हुन् । त्यस अर्थमा पनि खर्चिलो विबाह गर्न हुदैनथ्यो भन्ने तर्क राखेका छन् ।
यसका साथै नेता र्शपाले मुख्यमन्त्री राईको जीवन संगीनी जाङ्मुसंग उमेर पनि नमिलेको भन्दै भोलीका दिनमा उमेरकै कारण विचार नमिल्दा दुवैको स’म्बन्ध वि’च्छेद नहोला भन्न सकिन्न भनेर आफ्नो विचार व्यक्त गरेका छन् । नेता शेर्पा भन्छन्,‘जाङ्मु आफैमा एउटा रस रंगको दुनियालाई पच्छ्याउने क्षेत्रलाई प्रतिनीधित्व गर्ने व्यक्ति हुन् भने शेरधन जनता र पार्टीकालागी आफुलाई समर्पित गर्दै अघि बढेका व्यक्ति हुन् । यस्तोमा यिनीहरुको मेल हुन्छ जस्तो त मलाई लाग्दैन ।’ उनी अगाडी भन्छन्,‘कि जाङ्मुले आफ्ना योवनका कामुक्तालाई बसमा राख्न सक्नु पर्यो हैन भने यिनीहरुको भविष्य त्यति अगाडी जाला मलाई लाग्दैन ।’
एक अन्तरवार्तामा नेता शेर्पाले शेरधनसंग बालिकाको नाम जोडिएको विषयमा पनि आफ्ना भनाईहरुलाई राखेका छन् । उनले बालिकाको पक्षमा आफ्ना कुरा राख्दै भनेका छन्,‘कुनैपनि एउटा केटीले आफ्नो इज्जतलाई दाउमा राखेर विगत लामो समयदेखि निरन्तर रुपमा सामाजिक सञ्जालमा एउटै व्यक्तिको नाम लिएर उबाट आफु पिडित भएको कुरा गरिरहन्छ भने त्यो गलत हुनै सक्दैन । बालिकालाई शेरधनले अन्याय गरेकै हो ।’ आफुमाथि आई लागेको कुरामा मौनता जनाउनु शेरधनकैलागी अप्ठ्यारो पर्ने कुरा भएको उनले बताए । भिडियोसहित
प्रतिकृया दिनुहोस्