Saturday, January 16

कोरोनाबाट बच्न : यसरी घरमै बनाउन सकिन्छ सेनिटाइजर

March 15, 2020 264

कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै बजारमा मास्क र सेनिटाइजरको चरम अभाव भएको छ । अभावको फाइदा उठाउँदै व्यापारीहरुले अवैध तरीकाले मुल्यसमेत बढाइरहेका छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणबाट जोगिन सेनिटाइजरको प्रयोग गर्न सुझाव दिएको छ । जसका कारण पनि बजारमा सेनिटाइजरको माग ह्वात्तै बढेको हो । बजारमा सेनिटाइजर अभाव भए पनि केही विशेषज्ञहरूले घरैमा पनि सेनिटाइजर बनाउन सक्ने उपाय सुझाएका छन् ।

यसरी बनाएको सेनिटाइजर प्राकृतिक मात्रै हुने छैन बजारमा पाइने भन्दा सुरक्षित पनि हुने उनीहरूको दावी छ । सेन्टर फर डिजिज एण्ड प्रिभेन्सनले अल्कोहलयुक्त सेनिटाइजर कोरोना भाइरसविरुद्ध संसक्त रहेको जनाएको छ । यस्ता सेनिटाइजरमा अल्कोहलको मात्रा ६० प्रतिशत हुने गरेको छ । यस्तो अवस्थामा बजारमा पाइने अल्कोहलयुक्त सेनिटाइजर सबैलाई राम्रो हुन्छ भन्न पनि सकिदैन । यसकारण घरको सेनिटाइजर राम्रो हुनसक्छ ।

आवश्यक सामाग्री

घरमा सेनिटाइजर बनाउन जम्मा चार सामाग्री आवश्यक पर्छ ।

१. भोड्का (सबै भन्दा सस्तो भए पनि हुन्छ)२. एलोभेरा जेल३. एसेन्सियल आयल४. प्लाष्टिक वा शिशाको बोतल

विधि

सबै भन्दा पहिला प्लाष्टिक वा शिशाको बोतलमा दुई तिहाइ भर्ने गरी भोड्का राख्ने । यस्तो भोड्कामा ३५–४० प्रतिशत अल्कोहलको मात्रा हुनुपर्छ । अब यसमा केही थोपा एसेन्सियल आयल राख्ने । बजारमा आफूलाई मन पर्ने बास्नामा एसेन्सियल आयल पाइन्छ । अन्तमा यसमा एलोभेराको जेल राख्नुपर्छ ।

एलोभेराको जेलले सेनिटाइजरलाई गाढा बनाउने गर्छ । सेनिटाइजर कत्तिको गाढा राख्ने सोही हिसाबले एलोभेरको जेल प्रयोग गर्न सकिन्छ । साथै पटक पटक अल्कोहल प्रयोग गर्दा छाला सुख्खा हुनसक्छ । एलोभेराको जेलले छालालाई सुख्खा हुन दिँदैन । यसरी तयार भएको सेनिटाइजरलाई बन्द गरेर राख्ने आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।

घरैमा बनाएको सेनिटाइजरको फाइदा

बजारमा पाइने सेनिटाइजरमा अनावश्यक केमिकल मिसाएको पनि हुनसक्छ । जसले तपाईंको हातको छाला बिग्रन पनि सक्छ । तर घरमा बनाइएको सेनिटाइजरमा कुनै अप्राकृतिक तत्व मिसाएको हुँदै यस हिसाबले यो सुरक्षित हुन्छ ।

प्रतिकृया दिनुहोस्