एजेन्सी- बिहिबार एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएका बलिउड अभिनेता ऋषि कपुरको अन्तिम संकार गरिएको छ । उनको अन्तिम संकार मुम्बइको चन्दनवाडीमा चार बजे गरिएको हो ।
६७ बर्षको उमेर निधन भएका अभिनेता ऋषिको अन्तिम संकारमा उनकी छोरी रिद्दिमा पनि उपस्थिति भएकी छिन् । फाउन्डेसन अस्पतालमा निधन भएका उनको अन्तिम संस्कारमा १५ जना मात्र सहभागी भएका छन् । फाउन्डेसन अस्पतालमा निधन भएका उनको अन्तिम संस्कारमा १५ जना मात्रै थिए । उनको संकार विद्युयित शव गृहमा गरिएको हो । श्वास फेर्न गाह्रो भएपछि राति नै अस्पताल भर्ना गरिएको कपुर लामो समय देखि क्यान्सर रोगबाट पिडित थिए ।
सेप्टेम्बर ४ सन् १९५२ मा मुम्बईको चेम्बुरमा बलिउडका शो म्यान राज कपुरका दोश्रा छोराका रुपमा जन्मिएका कपुरले सन् १९७० मा ‘मेरा नाम जोकर’ सिनेमाबाट बाल कलाकारका रुपमा डेब्यू गरेका थिए।
प्रतिकृया दिनुहोस्