Wednesday, March 3

प्रियंकाको कान्सको रेड कार्पेटमा जानु ठिक अघि ड्रेसको चेन फुस्किएपछि.. (तस्विर सहित)

January 31, 2021 105

प्रियंका चोपडाका किताब अनफिनिस्ड रिलिज हुने तयारीमा छ जसमा उनले आफ्नो जीवनमा घटिन विभिनन किस्सा लेखेकी छिन् । आफ्नो किताबको एक किस्सा उनले सोसल मिडियामा सेयर गरेकी छिन् जुन सन् २०१९ मा उनको कान्स फिल्म फेस्टिबलमा डेब्यूसँग जोडिएको छ । प्रियंकाका अनुसार उनले जुन ड्रेस रेड कार्पेट लगाएकी थिइन्, त्यसको चेन अन्तिम अवस्थामा टुटेको थियो ।

प्रियंकाले रेड कार्पेटमा हिँड्नका लागि रोबर्टो कावेलीको डिजाइनर ड्रेस लगाएकी थिइन् । उनको ड्रेसको चेन फुस्किएपछि उनको टिमले बाटोमा नै प्रियंकाको ड्रेसलाई सियो धागोले सिलाएका थिए । यो कामका लागि टिमसँग ५ मिनेटको समय थियो । यो टिमका कारण प्रियंका वार्डरोब मालफंक्सनको शिकार हुनबाट बचिन् ।प्रियंकाको यस्तै किस्सा मेट गालाका बेला पनि भएको उनले बताएकी छिन् । तर यो जान्नका लागि उनको किताबको नै प्रतिक्षा गर्नुपर्ने उनले बताएकी छिन् । तल हेर्नुहोस

प्रतिकृया दिनुहोस्