Thursday, January 21

दुखद खबर :बलिउड अभिनेता इरफान खानको मृ*त्यु

April 29, 2020 334

मुम्बई– बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको उपचारकै क्रममा निधन भएको हो ।

विगत २ वर्षभन्दा अगाडिदेखि न्यूरोइन्डोक्राइन ट्युमरबाट ग्रसित खान बेलायतको लण्डनमा उपचार पछि भारत फर्किएका थिए ।

लण्डनबाट भारत फर्किएपछि उनी मुम्बईको ललिताबेन अस्पतालमा फलोअप चेकअप गराउँदै आएका थिए । पछिल्लो समय स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मंगलबार मात्रै उनी अस्पताल भर्ना भएका थिए ।

केहि दिन अगाडि मात्रै उनकी आमाको समेत निधन भएको थियो । कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका कारण उनी आफ्नी आमाको अन्तिम संस्कारमा जान सकेका थिएनन् ।

प्रतिकृया दिनुहोस्