Friday, January 22

शुष्मा कार्कीले कुकुरको भिडियो सार्वजनिक गर्दै यसो भनिन् (भिडियो हेर्नुस्)

April 29, 2020 912

काठमाडौं । केही वर्ष अघि भारतीय कलाकार अमिर खान र आफ्नो घरको कुकुरको नाम शाहरुख भनेर सार्वजनिक अभिब्यक्ति दिँदा निकै आलोचित हुनुपरेको थियो । उनको सो अभिब्यक्ति पछि शाहरुख र आमिरबीच सम्बन्ध पनि विग्रिएको थियो । निकै आलोचना खेपेपछि नायक अमिरले सार्वजनिक रुपमा माफी मागे । अहिले भने उनीहरु दुई जनाको सम्बन्धमा सुधार आएको बताइन्छ । सार्वजनिक कार्यक्रमा भेट हुँदा उनीहरु बोल्छन् ।

अहिले नेपालमा पनि दुई नायीकाबीच वाकयुद्ध चलिरहेको छ । एक अर्का बिरुद्ध सार्वजनिक रुपमा अभिब्यक्ति दिएका कारण नायीका शुष्मा कार्की र पुजा शर्माबीच विवाद उत्पन्न भएको छ । एउटा टेलिभिजन कार्यक्रममा नायीका शुष्माले पुजा र नायक आकास श्रेष्ठका फेक फ्यानले आफुलाई निकै नै तल्लो स्तरमा नकारात्मक कमेन्ट गरेको भनेर अभिब्यक्ति दिए पछि उनीहरुबीचको सम्बन्ध थप विग्रिएको हो । हुन त पुजा र शुष्माबीच विगत २ वर्ष देखि नै सम्बन्ध राम्रो छैन । उनीहरु सार्वजनिक कार्यक्रममा भेट हुँदा पनि बोल्दैनन् ।

अहिले सो अन्तरवार्तामा शुष्माले पुजा र आकासले फ्यानको नामवाट थुप्रै फेसवुक एकाउण्ट बनाएको र त्यसमा फ्यान बनेर आफै नै कमेन्ट गर्ने गरेको पनि बताएकी थिइन् । उनको सो अभिब्यक्ति पनि शुष्मालाई सामाजिक सञ्जालमा गाली गर्नेको झन बढे । दुवै नायीकाहरुले वारम्बार भिडियोमा लाइभ आउँदै सोही विषयमा स्पष्टिकरण दिइरहेका छन् ।
पछिल्लो समय नायीका शुष्माले आफ्नो इन्टाग्राममा राखेको एउटा भिडियोले उनीहरुबीचको सम्बन्धमा थप दरार आउने आँकलन गर्न सकिन्छ । नायीका शुष्माले आफुले पालेको कुकुरको भिडियो पोष्ट गर्दै त्यसमा कुकुरको नाम ‘पु’ हो भनेर उल्लेख गरेकी छन् । नायीका पुजा शर्मासंग सम्बन्ध विग्रनु र भिडियोमा कुकुरको भिडियो पोष्ट गरेर यसको नाम ‘पु’ हो भनेर उल्लेख गर्नु एउटा संयोग हो वा शुष्माले जानी जानी यस्तो गरेकी हुन् त्यो शुष्माले नै जानुन् तर उनको यस्तो कृयाकलापले पुजाका फ्यान अझ भड्किने देखिएको छ ।

प्रतिकृया दिनुहोस्