Friday, January 15

दुबईमा आफ्नै जन्मदिनको दिन एक नेपालीको मृ त्यु, परिवार शोकमा

April 28, 2020 541

काठमाडौं – दुबईमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारीका ५२ वर्षीय दीपक पराजुली रहेका छन् । उनको दुबईमा आइतबार मृत्यु भएको हो । आइतवार उनको आफ्नै जन्मदिनको दिन मृत्यु भएको हो ।

सामान्य ज्वोरो आएपछि औषधि खाँदै कोठामै बसेका दिपक एक्कासी ढलेका थिए । ढले लगत्तै त्यहाका साथीभाइले उनलाई एनएमसी रोयल अस्पताल लगेका थिए । तर उनको अस्पतालमै मृत्यु भएको जनाइएको छ । १० वर्ष पहिले यूएई गएका उनी ट्रान्सगार्ड सेक्युरिटी कम्पनीमा कार्यरत थिए । उनको श्रीमती र दुई छोरा छन् ।

प्रतिकृया दिनुहोस्