Wednesday, January 27

कोरोना संक्रमणका कारण गर्भवती नर्सको निधन, तुरुन्तै शल्यक्रिया गरी पेटमा रहेको बच्चा जीवितै निकाले !

April 28, 2020 314

बेलायतमा कोरोना संक्रमणका कारण गर्भवती नर्सकोनिधन भए पनि उनको गर्भमा रहेको शिशुलाई सकुशल बाहिर निकाल्न चिकित्सक सफल भएका छन्। लुटन एन्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा कार्यरत २८ वर्षीया नर्स मेरी अगियइवा अग्यापोङको कोरोना संक्रमणका कारण गत आइतबारनिधन भएको हो।

तर उनकोनिधन भएलगत्तै चिकित्सकले आकस्मिक शल्यक्रिया गरी पेटमा रहेको बच्चा जीवितै निकालेका हुन्। यही अप्रिल ७ तारिख ती नर्सलाई उनी कार्यरत हस्पिटलमै भर्ना गरिएको थियो। नवजात शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। तर शिशुमा कोरोना भाइरसको संक्रमण भए/नभएको केही खुलाइएको छैन।

मेरीका श्रीमानलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले उनी हाल सेल्फ आइसोलेशनमा छन्। मेरीका सहकर्मीले उनको परिवारको सहयोगका लागि सहयोग संकलन अभियान थालेका छन् । बुधबार बिहान सुरु भएको अभियानमा झण्डै पाँच हजार पाउण्ड जम्मा भइसकेको छ ।

नवजात शिशुको नाम उनकै आमाको नाम राखिएको छ । मेरीकी छोरी मेरी हाल राम्रो अवस्था रहेको अस्पतालले उल्लेख गरेको छ ।नर्स मेरीले मार्च १२ सम्म काम गरेकी थिइन् । त्यसपछि सुत्केरी हुने समय नजिकिएकाले बिदा लिएकी थिइन् । तर बच्चा जन्माउन नपाउँदै उनलाई कोरोनाको संक्रमण भएको हो ।

प्रतिकृया दिनुहोस्