Wednesday, March 3

यसकारण सलमान खान जीवनभर बिहे गर्न चाहन्न , बुवा सलीमले खोले पहिलोपटक यस्तो र’हस्य

January 31, 2021 110

बलिउड सुपरस्टार सलमान खान ५० वर्ष नाघिसकेका छन् । तर पनि उनलाई संधै गरिने एउटा प्रश्न हो । विवाह कहिले गर्ने ? ब्यवसायीक जिवनमा निकै सफल अभिनेता सलमानको ब्यक्तिगत र प्रेम जिवन भने सुखमय भएन । उनको धेरै नायीकाहरुसंग नाम जोडियो तर सबैले उनलाई छोडे ।

पछिल्लो समय कैट्रीना क्याफसंग नजिक रहेका सलमानसंग उनको सम्बन्ध पनि लामो समय टिकेन । उनीहरु अहिले राम्रो मित्र भएपनि दुवै जना प्रेममा भने छैनन् । उनको फ्यानको उनीप्रतिको क्रेज यस्तो छ कि सलमानको जुनसुकै फिल्म रिलिज भएपनि सुपरहिट भइहाल्छ ।

उनी विग बसमा पनि ब्यस्त छन् । त्यसले पनि उनको चर्चा चुलिएको छ । उनी अभिनीत पछिल्लो फिल्म ‘भारत’ हो । ५० वर्ष उमेर भैसक्दा पनि उनको बिहेको विषयलाई लिएर अनेक अन्दाज लगाइएको पाइन्छ । कहिले सलमान कैटरीनासँग, कहिले यूलियासँग बिहे गर्दै भन्ने हल्ला फैलिरहेको छ ।

तर सलमान खानका बुवा सलिमले भने सलमानको विवाहको बारेमा नयाँ खुलासा गरिदिएका छन् । सलीम खान (सलमानका पिता) ले भनेका छन्, ‘सलमानलाई बिहेको दबाब नदिँदा नै राम्रो हुन्छ किनकी उसले जीन्दगीभर एक्लै रहने फैसला गरिसकेको छ ।’ऐश्वर्यासँग ब्रेकअप भएपछि सलमानको माया–प्रेममा विश्वास लाग्न छाडेको बताइन्छ । यसकारण उनले कहिल्यै बिहे नगर्ने फैसला लिएका हुन् ।

साथै सलमान खानले एक टेलिभिजनमा अन्तरवार्ताका क्रममा पनि आफुले कहिल्यै विवाह नगर्ने संकेत गरेका छन् । त्यसको अर्को कारण उनले वर्षौ देखि खेप्दै आएको एउटा मु द्दा पनि हो । हरिण सम्बन्धी मु द्दा विचाराधीन छ जसका कारण उनी वर्षेनी जस्तो अदालतको ढोका गइरहन्छन् । त्यसको के निर्णय आउँछ भन्ने कुनै अनुमान छैन । त्यसैले उनी आफ्नो जिवनमा कुनै महिलालाई ल्याएर उनको पनि जिवन अलमल पार्न चाहन्नन् ।

प्रतिकृया दिनुहोस्