लुइभेल, केन्टकी । को’रोनाको इपिसेन्टर मानिएको न्यूयोर्कमा भाइरस संक्रमितहरुको उपचारमा अग्रपंक्तिमा क्रियाशिल एक चिकित्सक डा. लोर्ना एम व्रिमले भर्जिनियामा गएर आ’त्महत्या गरेकी छिन् । उनको परिवारले दिएको जानकारी अनुसार उनी यूयोर्कको प्रेस्वेटरियन अस्पतालको आ’कस्मिक कक्षमा कार्यरत थिइन ।संक्रमितहरुको उपचारमा खटिने क्रममा नै आफु पनि संक्रमित वन्न पुगेकी चिकित्सक व्रिमले भर्जिनियामा आफ्ना अभिभावकको घरमा पुगेर आ’त्महत्या गरेकी हुन् । उनले आफ्ना अभिभावकहरुसंग अस्पतालमा कति द’र्दनाक दृश्यहरु भो’ग्नुपर्छ भन्ने विषयमा जानकारी समेत गराएकी थिइन ।
आफुलाई को’रोना संक्रमण भएपनि उनले डेढ हप्तामा नौ काममा फर्कनु परेको थियो । उनलाई फेरी अस्पतालले घर पठाएपछि उनले न्यूयोर्क छाडेर भर्जिनियामा वुवाआमाको घरमा आ’राम गर्दै थिइन । उनले आइतवार आ’त्महत्याको प्र’यास गरेको जानकारी पाउनासाथ प्रहरीले अस्पताल पुर्याएको थियो तर व’चाउन भने सकेनन् ।उनले आफ्नो जागिर धेरै कु’शलतापूर्वक निर्वाह गर्न खोजिन् जसले उनलाई मृ’त्युको मुखमा लग्यो, उनका ७१ वर्षीय वुवा फिलिप व्रिनले भनेका छन् । उनका वुवाका अनुसार स्व’र्गीय व्रिममा कुनै पनि खालको मा’नसिक स’मस्या थिएन ।
प्रतिकृया दिनुहोस्