Saturday, January 16

हेर्दा हेर्दै चितामा जलिरहेको शव बाढीले बगायो, मलामीको भागाभाग (भिडियो सहित)

April 27, 2020 533

काठमाडौं- इलामको फाकफोक खोलामा आएकोको बाढीले चितामाथि जलिरहेको शव बगाएको छ ।

खोलामा एक्कासी बाढी आएपछि मलामी गएकाहरुको भागदौड मच्चिएको थियो । खोला किनारामा जलाइएको शव खोलमा आएको भीषण बाढीले बगाएको हो ।

शव पुरै नजलिसकेकै अवस्थामा खोलामा बाढी आएपछि जलिरहेको चितासँगै शव भेलमा बगेको थियो । भिडियो हेर्दा र मलामीहरुले बाेलेको सुन्दा शव भेलमा बगेको थियो । उनीहरुले यो खेलामा यस्तो बाढी अहिलेसम्म देखेका थिएनन् ।

केही दिन यता अविरल वर्षा भइरहेका कारण खोलामा पानीको सतह बढे पनि आज इलामको पहाडी क्षेत्रमा परेको वर्षाका कारण खोलामा भीषण बाढी आएको स्थानीयले बताएका छन् ।

बाढीले शव बगाए पनि मलामीहरु भने सुरक्षित रहेको जनाइएको छ ।जल्दै गरेको शव बाढीले यसरी बगायो हेर्नुस् भिडियोमा

प्रतिकृया दिनुहोस्