Monday, January 25

दुई सन्तान र श्रीमानलाई छोडेर क्वारेन्टाइन बाटै भागिन् चितवनकी एक विबाहित महिला

April 27, 2020 406

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । विश्व कोरोना महामारीले आक्रान्त भई रहेको बेला नेपाल पनि अछुतो छैन् । नेपालमा एक महिना लामो लकडाउन भएपछि काठमाडौँबाट धेरै मानिसहरु हिडेरै गाँउ फर्किन थाले । विश्वमा कोरोनाले गर्दा दुखद खबरहरु सुन्दै गर्दा केहि ठाउँमा भने अचम्म लाग्दा घटना पनि घट्ने क्रम भैरहेको छ । कोहि लकडाउनका करण प्रेमिका भेट्न नापेको भन्दै सामाजिक संजालमा मजाग गर्नेको भिड पनि छ भने कोहि श्रीमतीसंगै घरमा बस्दा आत्तिएको भन्ने पनि एक किसिमका मान्छेले हाँसोमै गदै आएका छन् । कोरोनाको महामारीले गर्दा अहिले बिश्वमा आतंक नै मच्चाएको छ ।

लकडाउन खोल्ने बिषयमा केहि दिन अगाडी नै केही देशहरूले लकडाउन प्रतिबन्ध हटाउन थालेकाले डब्ल्युएचओ प्रमुख टेड्रोसले यसबारे गम्भीर चेतावनी दिएका थिए । ‘कुनै गल्ती नगर्नुहोस्, हामीले धेरै लामो यात्रा गर्नुपर्छ, यो भाइरस हामीसँग लामो समयसम्म रहनेछ, धेरैजसो देशहरू अझै पनि महामारीको प्रारम्भिक चरणमा छन्’ टेड्रोसले भर्चुअल प्रेस सम्मेलनमा भने,महामारीको सुरुवातमा प्रभावित भएका कतिपय देशमा पुनः भाइरसको संक्रमण देखिन थालेको छ ।’ यिनै कुरालाई मध्यनजर गर्दै र भारतमा दिनप्रतिदिन कोरोनाका बिरामी बढ्दै गएपछि अहिले नेपालमा लकडाउन लम्बिदै गएको छ ।

यस्तै काठमाडौँबाट तीन दिन हिडेर चितवन पुगेकी एक विबाहित महिलाको हिड्दै गाँउ फर्किने क्रममा तीन दिनमै माया बसेपछि दुई सन्तान र श्रीमानलाई छोडेर भागेकी छिन् । काठमाडौँबाट चितवन पुगेकी उनी क्वारेन्टाइनमा बस्दै आएकी थिईन । तर उनलाई प्रहरीले भागेको २४ घण्टा नबित्दै पक्राउ गरेको छ ।फाइल तस्विर

यो पनि : क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले जन्माइन् मृत शिशु, सबै जना अचम्मित

उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृ’त शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् । मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो । केही समयपछि मृ’त शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिनुभयो । शिशुको निधन भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको उहाँको भनाइ छ ।

“अघिल्लो दिन उदयपुरबाट आएको हुनाले क्वारेन्टाइनमा राख्ने भनेर ल्याइयो । भोलिपल्ट बच्चा पो जन्मियो । समय नपुगी जन्मिएर होला शिशु खासै स्वस्थजस्तो थिएन”, उहाँले भन्नुभयो, “मृ’त शिशु प्रहरीको जिम्मा लगायौैँ र आमालाई यहाँको स्वास्थ्य संस्थामार्फत अस्पतालमा सिफारिस गरिएको छ ।” क्वारेन्टाइनमा बच्चा जन्माउने युवतीलाई अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ । रक्तस्रावको केही समस्या भए पनि युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

कोरोनाको डरले शिशुको श’व परीक्षण भने गरिएको छैन । आमा केही दिनअघि मात्रै उदयपुरबाट आएकाले कोरोनाको सङ्क्रमण हुनसक्ने डरले परीक्षण नगरेको बुझिएको छ । शिशुको श’व परीक्षण गरे÷नगरेको विषयमा इलाका प्रहरी कार्यालय वरुणेश्वरका प्रहरी निरीक्षक श्रीप्रसाद राईले कुनै प्रतिक्रिया दिनुभएन । “अविवाहित भनिएकी युवतीले मृ’त शिशु जन्माएकी हुन् । अहिलेलाई यत्ति भनौँ । शिशुको शव परीक्षणलगायतका कुरा पछि गरौँला नत्र माथिल्लो निकायमा सोध्नुस्”, प्रहरी निरीक्षक राईले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्