Tuesday, March 2

काठमाडौंमा खुल्यो होटेल- जहाँ ६५ रुपैंयामा पेटभरी खान पाईन्छ । मिठो भात खानलाई मान्छेको भिड (भिडियो हेर्नुस)

January 31, 2021 197

कोहि पनि भोको नरहुन् भन्ने उद्येश्यको साथमा काठमाडौंको अनामनगरमा ६५ रुपैंयामा टन्न खाना खान पाईने ठाउँ हाम्रो खाना घर सन्चालनमा आएको छ । हाम्रो टिम नेपाल र यु.केमा बसेर समाज सेवा गर्ने बरिष्ठ समाजसेवी इशा गुरुङको सहकार्यमा सन्चालनमा आएको यस खाना घरबाट भएको मुनाफा अन्य सामाजिक कामहरुमा लगाईने हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्तले बताएका छन् ।

काठमाडौंमा काम गर्ने बिद्यार्थी, मजदुर, डेरावाल लगायत हुने र नहुने दुवै बर्गका लागि सन्चालनमा ल्याईएको खाना घरमा भेज खाना सेट ६५ रुपैंयामै पाईन्छ । अब यस कार्य सफल भएसँगै राजधानीका अन्य ठाउँ सहित देशका मुख्य शहररुमा पनि खाना घर सन्चालनमा ल्याईने बताईएको छ । यसैबिच कलाकार तथा सन्चारकर्मी शिशिर भण्डारी पनि खाना घरमा पुगी खाना खाँदै केहि सहयोग गरे । कस्तो छ, खाना घर ? र कस्तो खाना पाईन्छ ? भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्