Wednesday, January 27

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

April 26, 2020 282

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण कम गर्न जारी गरिएको लकडाउनको आदेशलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारी बनाउन यसअघि सरकारले ‘उच्चस्तरीय क्राइसिस म्यानेजमेन्ट टिम’ गठन गरेको थियो। सोही टिम अन्तर्गतको कार्यदललाई लकडाउनको मोडालिटी बनाउने जिम्मा दिइएको थियो । ‘सबै परिस्थिति हेर्ने अनि देश-विदेशको अनुभव पनि हेर्ने र त्यसको आधारमा के गर्ने भनेर कार्यदलले प्रस्ताव बनाउँछ’,बैठकमा सहभागी एक मन्त्रीले भने,‘उक्त कार्यदलले प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको थियो ।’

यसअघि सरकारले वैशाख १८ गतेसम्म गरेको उडान स्थगितलाई शनिबार बसेको उच्चस्तरीय समन्वयन समितिलेले मे १५ अर्थात् जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको हो।

प्रतिकृया दिनुहोस्