Monday, January 18

वैशाख ३१ गतेसम्म लकडाउन लम्ब्याउने तयारीमा सरकार !

April 26, 2020 713

काठमाडौं। को’रोना सं’क्रमण तथा रोकथामका लागि जारी लकडाउन र अन्य समसामयिक विषयमा निर्णय लिन मन्त्रिपरिषद बैठक बस्दै छ ।आज बस्न लागेको मन्त्रिपरिषद बैठकले लकडाउनको स्वरुप कस्तो बनाउने वा कति अवधि लम्ब्याउने भन्नेबारे निर्णय गर्नेछ ।सरकारको वैशाख ३१ गतेसम्म लकडाउन लम्ब्याउने तयारी छ । पछिल्लोपटक थप गरेको लकडाउनको समयावधि सोमबार सकिँदैछ । आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म लकडाउन लम्ब्याउने र कोरोना पूर्णतः नियन्त्रणमा लिन तयारी गरेको उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले जानकारी दिए ।

मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले सरकारलाई थप एक हप्ता लम्ब्याउन उपयुक्त हुने सुझाव दिएको थियो । एक हप्ताभित्र स’ङ्क्रमणको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण (कन्ट्याक्ट ट्रेसिङ) गर्न कठिन हुने निष्कर्ष निकाल्दै लकडाउनको समयावधि लम्ब्याउने निष्कर्ष निकालिएको हो ।“१५–१६ दिन लकडाउन लम्बिन्छ । तत्काल खोल्ने सम्भावना छैन,” एक मन्त्रीले भने । शनिबार बसको कोरोनाभाइरस (कोभिड–१९) स’ङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा हिमाली भेगमा लकडाउन खोल्ने र अन्यत्र कायमै राख्ने सुझाव आएको थियो ।

“काठमाडौं उपत्यका, जनघनत्व भएका क्षेत्रमा लकडाउन खुकुलो तुल्याउँदा प्रत्युत्पादक हुनसक्छ, परीक्षणको दायरा अझै बढाउनु पर्ने देखिएको छ । त्यसो हुँदा पहिलो चरणमा हिमाली जिल्ला खुकुलो बनाउने र थप स’ङ्क्रमित फेला नपरे क्रमशः पहाडी हुँदै सहरी क्षेत्रमा खुकुलो बनाउने सुझाव–प्रस्ताव आएको थियो,” उच्चस्तरीय समितिमा रहेका मन्त्रीले भनेका थिए ।अहिले नै लकडाउन खुकुलो बनाउने सम्भावना नरहेको र बढाउनै उपयुक्त हुने निष्कर्ष निकालिएको समितिमा रहेका मन्त्रीको भनाइ छ ।उच्चस्तरीय समन्वय समितिको चैत १० गते बसेको बैठकले लकडाउनको घोषणा गरेको थियो । source baahrakhar

प्रतिकृया दिनुहोस्