Wednesday, March 3

कैलालीमा घटेको यो चकित पार्ने घटना: १३ वर्षीया किशोरीले खुलाईन वास्तविकता

January 31, 2021 67

कैलालीमा एक स्थानीयले किशोरीलाई अ’नैति’क काम गरे गर्भवती बनाएका छन् । ती ब्यक्तिले १३ वर्षीया किशोरीलाई यस्तो कार्य गरेर गर्भवती बनाएको प्रहरीले जनाएको छ । यस्तो काम गर्ने कैलाली जिल्लाको गोदावरी नगरपालिका–५ गेटीका ५० वर्षीय शालुराम चौधरी हुन् । अहिले उनलाई प्रहरीले पक्राउ गरेको छ ।

चौधरी बिरुद्ध यसै आशयको एक उजुरी प्रहरी कार्यालयमा परेको थियो । त्यसपछि यस घटनाको अनुसन्धानमा प्रहरी सक्रिय भएको थियो । यही उजुरीका चौधरीलाई माघ ९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका चौधरीमाथि यस घटनामा आकर्षित हुने प्रचलित कानुन अनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

यो पनि : नक्कली नेपाली नोटसहित दुई पक्राउ

सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २०० , नक्कली नोट हजार दरको पाँच , मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स, ब्लुबुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए । पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाएको छ ।

प्रतिकृया दिनुहोस्