Monday, January 18

नेपालमा को*रोना संक्रमितको संख्या ४९ पुग्यो, झापाका एक ६२ बर्षीय वृद्धमा संक्रमणको पुष्टि

April 24, 2020 316

काठमाडौं, १२ बैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन थपिदो छ ।आज पुनः झापाका एक ६२ बर्षीय वृद्धमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

मन्त्रालयका अनुसार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ देखिएको हो ।अहिले उनको आइसोलेसनमा राखेर उपचार सुरु भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्