Sunday, November 29

अब कोरोना सं’क्रमणको शं’का लागे, तुरुन्त तल दिएको नम्बरमा फोन गर्न सकिने, हेर्नुस फोननम्बरसहित ![ अरुलाई पनि शेयर गर्नुहोस ]

March 13, 2020 684

काठमाडौं । कोरोना (कोभिड–१९) भा’इरसको सं’क्रमणको शं’का लगेमा तपाईले अब तुरुन्त १११५ नम्बरमा फोन गर्न सक्नुहुन्छ । १११५ मा टेलिफोन गरेपछि तपाईले परामर्श समेत लिन सक्नुहुन्छ । त्यस्तै, टोल फ्रि नम्बर १६६००१९७००० समेत फोन गरेर यो सं’क्रमणबारे परार्मश लिन सकिन्छ ।

शुक्रबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गन इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले परामर्शका लागि टेलिफोन नम्बरको व्यवस्था गरेको हो । कोरोना (कोभिड–१९)भा’इरस सं’क्रमणबारे जानकारी दिनका लागि शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको इपिडिमियोलोजी तथा रो’ग नियन्त्रयण महाशाखाले जनाएको छ ।

कल सेन्टरमा ११ जना कर्मचारीलाई तालिम दिएको समेत दिएको महाशाखाले जनाएको छ । कोरोना महामारी फैलिएको खण्डमा त्यसको भा’इरस सं’क्रमणबाट कसरी जोगिने, कुन–कुन अस्पताल जाने आदि विषयमा त्यहाँबाट परार्मश पाइनेछ ।

प्रतिकृया दिनुहोस्