कोरोनासंग जुधिरहेको पूर्वी तराईमा शुक्रवार अर्को विपत्ती आएको छ । धनुषामा शुक्रबार मध्यान्हमा निकै ठूलो असिना झरेका छन् । असिनाको तौल आधा किलोसम्मको भएको स्थानियले जनाएका छन् । निकै ठूलो असिना झरेसँगै भएको भारी वर्षाले बालिनाली र घरमा क्षती भएको छ । तीव्र गतिको हावाहुरीसँगै सुरुमा सुक्खा असिना खसेको थियो । असिनापछि भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा लगाएका बालीनालीमा समेत क्षति पुगेको छ।
सुक्खा असिना, हावाहुरी र वर्षाका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठ, पसल समेत भत्काएको छ । हावाहुरी र असिनाले आँपको स-साना टिकुला सखाप पारेको छ । जिल्लाको बटेश्वर गाउँपालिकासहित मिथिला, सबैला, धनुषाधाम, गणेशमान चारनाथ, महोत्तरीको गौशाला, बर्दिबास भंगहा, औरही लगायत स्थानीय तहमा हावा, वर्षा र असिनाले क्षति पुर्याएको छ।
सयौं हेक्टर जग्गामा स्थानीय किसानले लगाएको मकै तथा तरकारीबाली नष्ट बनाएको किसानले बताएका छन् । त्यसैगरी, तीव्रगतिका हावाहुरीका कारण जिल्लाका आधा दर्जनभन्दा बढी गाउँमा बिजुलीका पोल रुख ढलेका छन्।
प्रतिकृया दिनुहोस्