Thursday, January 21

स्कूल सञ्चालक भुसाल मृतावस्थामा फेला परे

April 24, 2020 360

कैलालीको गौरीगङ्गा नगरपालिकास्थित बिहानी क्षितिज इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक कृष्णप्रसाद भुसाल मृतावस्थामा फेला परेका छन् । गौरीगङ्गा नगरपालिका–९ बसोबास रहेका ४० वर्षीय भुसालको श’व घोडाघोडी नगरपालिका–१० मा रहेको कैलाशधाम मन्दिर क्षेत्रमा फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार श’वको आँखा, मुख र घुँडामा चो’ट देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेका छ ।

त्यस्तै बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डु’बेर निधन भएको छ । बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डु’बेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । निधन हुनेमा पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर र १२ नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको बताइएको छ । प्रहरीका अनुसार श’व परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।

त्यस्तै केही दिनअघि चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीकी कल्पना भुसालको परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।

पीडित परिवारको घरमै पुगेर बिहीबार जिल्ला दैविप्रकोप उद्धार समितिको तर्फबाट रु एक लाख र फलेवास नगरपालिकाको तर्फबाट रु ५० हजार गरी रु एक लाख ५० हजार हस्तान्तरण गरिएको हो । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र प्रहरी नायब उपरीक्षक स्यामु आर्यलसहित घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो ।

भुसालको वैशाख ७ गते दिउँसो घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर ज्यान गएको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी भुसालको उपचारका लागि पर्वत अस्पतालमा ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । मृतक भुसालका एक छोरा एक छोरी र श्रीमान् छन् । राहत रकम मृतकका श्रीमान् यज्ञप्रसाद भुसाललाई हस्तान्तरण गरिएको फलेवासका नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्