April 24, 2020 290
लण्डन । बेलायतको ननिटमा एक ३२ वर्षीया नेपाली युवतीको कोरोना संक्रमणका कारण निधन भएको छ ।ननिटनको ‘जर्ज इलियट अस्पताल’मा उपचारका क्रममा रहेकी बिमा नाछिरिंग राईको गत मंगलबार बिहान करिब साढे ११ बजे निधन भएको स्थानीय समाजसेवी एवम् ब्रिटिश गोर्खा भेट्रान एशोसिएसनका महासचिव भिम सारुले जानकारी दिए ।
मृगौलासम्बन्धी समस्याबाट पीडित मृतक राईलाई कोरोनाको संक्रमण पुष्टी भएको उनको परिवारलाई उद्धृत गर्दै समाजसेवी सारुले बताए ।मृतक राई अविवाहित थिइन् । उनी आफ्ना बाबुआमा र बहिनीका साथमा बेलायत बस्दै आएकी थिइन् ।उनी गत वर्ष मात्रै बेलायत आएकी थिइन् । उनका बाबु डाकबहादुर राई पूर्व गोर्खा हुन् ।खोटाङ जिल्ला पुख्र्यौली घर भएको राई परिवारको पछिल्लो समय नेपालमा धरानमा बस्दै आएको थियो ।
प्रतिकृया दिनुहोस्