Friday, January 15

पूर्व आईजिपी खनालमाथि छानविन र कार्वाही हुनुपर्छ : डा भट्टराई

April 23, 2020 304

काठमाडौं– पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि कारवाहीको माग गरेका छन् ।पूर्व महानिरीक्ष्क खनालले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुर पुगेर काठमाडौं ल्याएको स्वीकार गरेकोबारे एक सामाचार सार्वजनिक भएपछि डा भट्टराईले कारवाही गर्न माग गरेका हुन् ।

सामाजिक सञ्जालमा डा भट्टराईले लेखेका छन्,नवगठित जनता समाजवादी पार्टीका नेता समेत भट्टराईले ट्वीटरमा लेखेका छन् ‘देशको पूर्व सुरक्षा प्रमुखले यति गम्भीर कुरामा यस्तो नकच्चरो र काइते तर्क गर्न मिल्छ ? अपराध अनुसन्धानका ज्ञाता पूर्व आईजीपीले बताइदिनुपर्यो कुन चोरले शुरूमै आफुले चोरेको स्वीकार गर्छ ? यिनले कुन हैसियतमा र कस्को आदेशमा यस्तो हर्कत गर्न तम्से ? यसको निष्पक्ष छानवीन र कार्वाही हुनुपर्छ । ’

प्रतिकृया दिनुहोस्