Monday, January 25

बडीबिल्डरले गुडियासँग बिहे गरे

December 4, 2020 119

कजाखस्तानका बडीबिल्डर युरी टोलेश्कोले एक गुडियासँग बिहे गरेका छन् ।यो गुडियालाई उनले एक वर्ष पहिले प्रपोज गरेका थिए । उनले आफ्नो बिहेको भिडियो इन्स्टाग्राममा शेयर गरेका छन् ।डेलीस्टारको रिपोर्टअनुसार युरी र उनको गुडियाले गएको मार्चमा बिहे गर्ने निर्णय गरेका थिए तर कोरोनाभाइरस महामारीका कारण उनीहरुको बिहे पछि सरेको हो ।

युरी टोलेश्कोको गुडियाको नाम मार्गो हो र यो एक से-क्स डल हो ।युरीका अनुसार सुरुमा आफूले यो से-क्स डलसँग बिहे गर्ने बताउँदा उनको परिवारका सदस्य राजी थिएनन् ।त्यसपछि युरीले मार्गोको प्लाष्टिक सर्जरी गराए । विशेषज्ञ र डाक्टरलाई समेत देखाएपछि अहिले मार्गो पूर्ण रुपमा ठिक भएको र अब कसैलाई कुनै आपत्ति नभएको उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्