काठमाडौं : ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले पक्राउ परेको छ। लकडाउन उल्लंघनको आरोपमा प्रहरीले उनलाई ललितपुरको सुनाकोठीबाटबाट मंगलबार पक्राउ गरेको हो । लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए।
लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन। प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समयमा सरकारको विरोध गरेर सामाजिक सञ्जालमा चर्चा बटुलेका ज्ञानबहादुर शाहीले आफूलाई ज्ञानेन्द्र शाहीका रूपमा परिचित गराउदै आइरहेका छन् । ‘ज्ञानेन्द्र शाहीले सामाजिक सञ्चालको दुरुपयोग गरी सार्वजनिक गरिएका सामग्री अभिव्यक्ति स्वतन्त्रताको उपभोगमात्रै हो भनेर भन्न सकिँदैन’ भनेर केहि समय अघि उनको पत्रकारले नै बिरोध गरेका थिए ।
केहि समय अगाडी कतिपय समाजशास्त्रीहरूले शाहीको यस्तो प्रवृत्तिलाई मानसिक रोगको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पनि कतिपयले शाही मानसिक रोगी भएको हुन सक्ने विश्लेषण गरेका छन् ।
त्यस्तै मंगलवार मात्र काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७७ महिला सहित ३ सय ६५ जनालाई नियन्त्रणमा लिएको छ । विहान ६ बजे देखि बेलुका १८स्०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी २ सय ६२ वटा दुई पाङ्ग्रे र २९ वटा चारपाङग्रे गरी २ सय ९१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्