Saturday, December 5

एबीएस सहित पल्सर २२० को बिक्री सुरु, यस्तो छ मूल्य र अफर

March 13, 2020 5130

काठमाडौं । बजाजको सबैभन्दा लोकप्रिय मोटरसाइकल पल्सर २२०को एबीएस भर्सन नेपाली बजारमा बिक्री सुरु भएको छ । नेपालका लागि बजाज मोटर साइकलको आधिकारिक वितरक हंशराज हुलाश चन्द एण्ड कम्पनीले नेपालमा पल्सर २२० एफको एबीएस भेरियन्ट सार्वजनिक गरेको हो । कम्पनीले एबीएस सहितको पल्सर २२० को मूल्य ३ लाख ३२ हजार ९०० रुपैयाँ रुपैयाँ तोकिएको छ ।

योसँगै नेपालमा पल्सर २२० एफ दुई भेरियन्टमा उपलब्ध रहने छ । नन् एबीएस भेरियन्टको मूल्य भने ३ लाख १६ हजार ९०० रुपैयाँ रहेको छ । सन् २००८ बाट नेपाली सडकमा गुड्न थालेको यो बाइक करिब ३ लाखभन्दा माथि यूनिट सडकमा गुडि रहेको अनु मान गर्न सकिन्छ । यो मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन लगाइएको छ ।

यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २०.६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८.५५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ । यस बाइकको टपस्पीड क्षमता प्रतिघण्टा १३४ किलो मिटर रहेको छ । यसको सीट हाइट ७९५ एमएम रहेको छ । १५५ किलोग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी लगाइएको छ ।

एक्स्चेन्ज अफर पनि : कम्पनीले उपत्यकामा रहेका सबै शोरुमबाट एक्स्चेन्ज अफर दिइरहेको छ । कम्पनीले कुनै पनि मोटरसाइकलको न्यूनतम मूल्य १५ हजार दिने जनाएको छ भने। ७ हजार नगद छुट र निःशुल्क एसोसरिज दिने जनाए को छ ।

प्रतिकृया दिनुहोस्