Monday, January 25

उदयपुरका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

April 21, 2020 267

उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।

उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो। संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्। यी आठै जना मुस्लिम समुदायका हुन्। सो बस्तीबाट पछि २ सय ५२ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको हो। आज देखिएको एकजना तीनै मध्येको हो। यसअघि कोरोना पुष्टि भएका १३ संक्रमित पनि मुस्लिम समुदायकै हुन्।

यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्