Saturday, January 16

विनोद खन्नाः भिलेनबाट शुरुवात, अध्यात्मबाट अन्त्य

November 26, 2020 126

सन् ७० को दशकका प्रख्यात अभिनेता विनोद खन्नाको जन्म आज अर्थात् अक्टोबर ६, १९४६ मा भएको थियो । उनी तत्कालिन अविभाजित भारत र वर्तमान पाकिस्तानको पेशावरमा जन्मिएका थिए । फिल्मी संसारमा शुरुवाती ताका भिलेनका रुपमा प्रवेश गरेका उनलाई आफ्नो लुक्सले हिरो बनाइदिएको थियो । एक समय यस्तो थियो कि उनले बलिउडका शहंशाह अमिताभ बच्चनलाई टक्कर दिनेसम्म पुगेका थिए ।

विनोदले शुरुवाती पढाई गरेपछि कमर्समा ग्राजुएसन गरेका थिए । उनले मुम्बईको सिडेनहेम कलेजबाट स्नातक उत्तीर्ण गरे । उनले शुरुवाती समयमा ‘सच्चा झूठा’, ‘आन मिलो सजना’, ‘पूरब और पश्चिम’, ‘रेश्मा’, ‘परवरिश’ और ‘शेरा’ मा भिलेनका रुपमा अभिनय गरे । यी फिल्मपछि उनको लुक्सका कारण निर्देशकले हिरोका रुपमा लिए ।

उनको जीवनमा एउटा यस्तो मोड आयो, जुन समयमा उनको ध्यान अध्यात्मतिर गयो । यो ७० को दशक अन्त्य हुने समय थियो । यो समयमा उनी आचार्य रजनीश(ओशो)को शिष्य बनेका थिए । त्यही समयमा उनी हरेक हप्ता मुम्बईमा सुटिङपछि विकेण्डमा पुणेस्थित ओशो मेडिटेशन रिसोर्ट जान्थे । त्यो समयमा उनी ‘कुर्बानी’ र ‘द बर्निंग ट्रेन’ को सुटिङमा थिए ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

सन् ८० को दशकमा अमिताभ बच्चन हिट फिल्मको ग्यारेन्टी नै थिए । हरेक निर्देशक उनीसँग काम गर्न चाहन्थे । सन् १९८० मा रिलिज फिल्म ‘कुर्बानी’का निर्माता अमिताभलाई लिन चाहन्थे । तर उनले समय नदिएपछि विनोद छानिए । फिल्ममा विनोदको अपोजिटमा जीनत अमान थिइन् । ब्लकब्लष्टर यो फिल्मको गीत ‘आप जैसा कोई मेरी जिन्दगी में आए’ आज पनि उत्तिकै रुचाइन्छ ।

८० को दशकमा ओशो अमेरिका गएपछि विनोद पनि ओशोसँगै उतै गए । त्यहाँ उनी बगैचा हेर्ने माली र भाडा माझ्ने काम गर्थे । त्यो समयमा उनको विवाह बाल्यकालिन साथी गिताञ्जलीसँग भइसकेको थियो । अमेरिकामा बसिरहँदा ओशोसँग खटपट भएपछि चार वर्षे अमेरिकी बसाईलाई बिराम लगाउदै भारत फर्किए । त्यो समयमा उनीसँग न पैसा थियो, न त परिवार । किनकी उनको पत्नीसँग सम्बन्धविच्छेद भइसकेको थियो ।

सन् १९७१ मा उनले गिताञ्जलीलाई विवाह गरेका थिए । उनका दुई छोरा अक्षय खन्ना र राहुल खन्ना छन् । ओशोसँग अमेरिका जाँदा उनको गिताञ्जलीसँग डिभोर्स भयो । अमेरिकाबाट फर्किएपछि उनले कवितासँग विवाह गरे । कविताबाट उनको एक छोरा साक्षी र छोरी श्रद्धा छन् ।

भारत फर्किएपछि उनले धेरै कुरा परिवर्तन पाए । उनी भारत फर्किदा श्रीदेवी नम्बर एक अभिनेत्री थिइन् । उनीसँग काम गर्न अभिनेताको लाइन नै लाग्थ्यो । कसैले उनलाई श्रीदेवीसँग काम गर्दा नै फिल्म जगतको हिस्सा बन्न सकिने सल्लाह दिएको थियो । त्यहीकारण उनले श्रीदेवीसँग कुरा गरे, तर उताबाट जवाफ आएन । उनले निर्देशक यश चोपडा श्रीदेवीका साथ फिल्म ‘चाँदनी’ बनाइरहेको उनले सुनेपछि यशलाई भेटेर काम मागे । यद्यपि यशले पहिले नै ऋषि कपूरलाई हिरोका रुपमा लिइसकेका थिए । तर पनि एक छोटो भूमिकाका लागि विनोदलाई भनियो र उनले समर्थन जनाए । फिल्म सुपरहिट भयो र उनले फिल्ममा ‘पुनर्जीवन’ पाए ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

उनले राजनीतिमा पनि पाइला चाले । उनी सन् १९९७ मा भारतीय जनता पार्टीको हिस्सा बने । उनले चारपटक(१९९८, १९९९, २००४ र २०१४) पन्जाबको गुरदासपूर लोकसभा सिटबाट सांसद भए । सन् २००२ मा उनले अटल बिहारी सरकारको पालामा संस्कृति र पर्यटन मन्त्रालय सम्हाले । ६ महिना पछि उनी विदेश राज्यमन्त्री नै भए ।

विनोदले अभिनय गरेको फिल्महरु ‘अमर अकबर एंटोनी’, ‘मेरा गांव मेरा देश’, ‘दयावान’, ‘चांदनी’, ‘कुर्बानी’, ‘मेरे अपने’, ‘मुकद्दर का सिकंदर’, ‘परवरिश’, ‘जुर्म’, ‘खून पसीना’, ‘हाथ की सफाई’, ‘कच्चे धागे’, ‘वान्टेड’, ‘दबंग’, ‘दबंग–२’ सुपरहिट मानिन्छन् । उनले पछिल्लो पटक अभिनय गरेको ठूलो फिल्म शाहरुख खानको ‘दिलवाले’ थियो ।

उनको निधन सन् २०१७ अप्रिल २७ मा क्यान्सरका कारण भएको थियो । उनले कैयौं वर्षसम्म आफुमा क्यान्सर भएको कुरा लुकाउदै आएका थिए । यो कुराको खुलासा उनले आफू राजनेता भएपछि मात्र गरेका थिए ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

प्रतिकृया दिनुहोस्