Thursday, January 21

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण पोजेटिभ, थप परीक्षणका लागि धरान पठाइयो

April 21, 2020 261

९ बैशाख २०७७, मंगलवार उदयपुर : उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको हो। भुल्केमा मस्जिदमा बसेका दुई नेपालीसहित भारतबाट आएका ११ जना मुस्लिममा कोरोना पुष्टि भएसँगै नेपाली सेनाले भुल्के आसपासको बस्तीमा तीन दिन लगाएर स्वाब संकलन गरेको हो ।

पोजेटिभ देखिएका नमूनालाई थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। त्यहाँ तीन दिनमा ३ सय २१ जनाको स्वाब संकलन गरिएको थियो ।गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो। संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी अस्पताल विराटनगर पठाइएको थियो। तीनैमध्ये ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो।

प्रतिकृया दिनुहोस्