Monday, January 18

को*रोना भाइरस : मलेसियाको पछिल्लो अपडेट यस्तो छ ।

April 21, 2020 1129

काठमाडौं / कोरोनाको सङ्क्रमण फैलन नदिन मलेसियाले लकडाउनकाे अवधि थपेकाे छ । अप्रिल २८ सम्म अब मलेसियामा ‘लकडाउन’ कायम गरिएको छ । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ ।

सङ्क्रमित सङ्ख्या : ५ हजार ४ सय २५ जना  निको भएर घर फिरेकाहरु : ३२ सय ९५ जना । (एक जना नेपालीसहित) अस्पतालमा उपचाररत : २ हजार ४१ जना । मृतकको सङ्ख्या : ८९ जना ।

दूतावासकाे सल्लाह:

कोरोनाको सङ्क्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजानुहोस् । कोरोना रोकथामका लागि मलेसियाले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न पनि अनुरोध गरेको छ । लकडाउनको अवज्ञा गर्ने नेपालीसहित मलेसियाका नागरिकसमेत पक्राउ परेको भन्दै कोरोनाको जोखिमबाट बच्न सरकारले जारी गरेका सुरक्षा सतर्कता अपनाउन दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।

कोरोनाको कारण कम्पनीमा या बासस्थानमा कुनै समस्या भएमा पनि दूतावासमा सम्पर्क गर्न र यो समयमा झैझगडा नगरी संयमित भएर काम गर्न, नभए होम व्वारेण्टीनमा बस्न पनि दूतावासले भनेको छ ।

सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । मलेसियामा नेपालीका लागि काम गर्ने धेरै सङ्घसंस्था छन् । समस्या पर्दा यस्ता सङ्घसंस्थाको पनि सहयोग लिन सकिन्छ ।

भिसाकाे म्याद सकिएमा

लकडाउनको अवधि सकिएपछि मलेसिया सरकारले कोरोनाको कारण भिसा सकिंदा पनि घर फर्कन नपाएकाहरुका सन्दर्भमा उचित व्यवस्था गर्ने मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताउनुभएकाे छ ।

प्रतिकृया दिनुहोस्