Wednesday, December 2

चीनमा कोरना लागेका अन्तिम बिरामी पनि घर फर्किए, आपतकालीन अस्पतालमा थकाइ लागि आराम गर्दै गरेको डाक्टरको तस्विर भाइरल भयो !

March 13, 2020 557

पेरिस, विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार ९८४ जनाको निधन भएको छ ।

्कुल सङ्क्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस सक्रमणबाट चीनमा सब भन्दा बढी मृ’तक र सङ्क्रमितको सङ्ख्या रहेको छ । यद्यपी चीनमा हाल यस भाइरसको सङ्क्रमण कम भएको समाचारमा जनाइएको छ ।

कोरोना (कोभिड–१९) को महामारीका कारण बढी प्रभावित बनेको चीनमा सङ्क्रमणको उच्च विन्दु पार गर्दै समाप्त भएको घोषणा गरेको छ ।विश्व सङ्गठनले सङ्क्रमणको समस्या प्रकोपका रूपमा घोषणा गरेको केही घण्टापछि चीनको यो भनाई आएको हो ।

सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्रभाव समाप्त भएको जनाएकोे हो । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भएको घोषणा गरेको हो ।

गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार १२७ निधन भएको छ भने ८१ हजारमा सङ्क्रमण भएको छ । रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । हालसमम १२० भन्दा बढी देशमा यस भाइरसको सङ्क्रमण फैलिएको बताइएको छ । अमेरिकामा यस भाइरसको सङ्क्रमणबाट ४१ को निधन भएको छ । फ्रान्समा ६१ को निधन भएको छ । जापानमा १९ को निधन भएको छ ।

पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इटालीमा सङ्क्रमितको सङ्ख्या १५ हजार ११३ पुगेको छ । इटालीमा हालसम्म १ हजार १६ जनाको निधन भएको छ ।इरानमा सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको छ । हालसम्म ४२९ जनाको निधन भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या झण्डै तीन हजार पुगेको छ भने ८६ जनाको निधन भएको छ ।

पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको निधन भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको निधन भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् ।

पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ ।कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ ।

सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ नौै व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट विरामी हुनेको सङ्ख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।

बुधबार वुहान सहरमा ८ जनामात्र नयाँ संक्रमित भेटिएका छन् भने अन्य प्रान्तका ७ जनामा यो भाइरस देखिएको छ। ती सातमध्ये पनि ६ जना बाहिरबाट आएकाहरू हुन्।कोरोना भाइरसको उदगम थलोमै कोरोनाको संक्रमण न्यून हुँदै गएपछि वुहानको जनजीवन सामान्य बन्न खोज्दैछ। राष्ट्रपति सी चिनफिङले दुई दिनअघि उक्त सहरको भ्रमण गरेका छन्। एक करोड १० लाख मानिसको बसोबास भएको वुहान सहर जनवरी २३ देखि सरकारले ‘लक डाउन’ गरिदिएको थियो।

नयाँ बिरामी आउने क्रम स्वाट्टै घटेपछि रातारात बनाइएका आपतकालीन अस्पतालहरू पनि बन्द गरिएका छन्। यद्यपी अधिकारीहरूले अझै पनि महामारी फर्किन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।वुहान अस्पतालका डाक्टर तथा नर्सहरुले अस्पतालको चाप र मानवीय समवेदनालाई विचार गर्दै दिनरात नभनी बिरामीको उपचारमा लागिपरे । कतिपय डाक्टर तथा नर्सहरुले उपचारकै क्रममा संक्रमित भएर ज्या’न समेत गुमाए ।

यसैबीच सोशल मिडियामा अहिले एक तस्वीर भाइरल बनेको छ । तस्वीरमा वुहान अस्पतालमा कोरोना भाइरसका संक्रमित अन्तिम बिरामी डिस्चार्ज भएपछि एक डाक्टरले दिएको प्रतिक्रिया देख्न सकिन्छ ।

अन्तिम बिरामी समेत डिस्चार्ज भएपछि वुहान अस्पतालका डाक्टर शियाँल लाइन्ग राहत महसुश गर्दै बिरामी राख्ने बेडमै लमतन्न परेर सुतेका छन् ।यो संगै चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः शुरु भएको छ । चीनको हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए ।

सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र होर्गोस जोड्ने तिब्र गतिको बुलेट ट्रेनको सेवा बुधबारदेखि शुरु भएको रेल अधिकारीहरुले बताएका छन् । चाइना रेलवेका अनुसार अरु कम गतिका रेलहरुको सेवा पनि चाँडै शुरु हुनेछ ।

सिनजियाङ रेलवे अधिकारीहरुले यात्रुहरुले अनलाइन वा रेलवे स्टेशनमै आएर टिकट किन्न सक्ने बताएका छन् । सिनजियाङका उद्योग धन्दा सबै पूर्ण क्षमतामा सञ्चालन हुन थालेका छन् भने मानिसको दैनिक जीवन सहज भएको छ । सिनजियाङमा लगातार २३ दिनसम्म कोरोनाभाइरसका एक जना पनि रोगी फेला परेका छैनन् ।

प्रतिकृया दिनुहोस्