Tuesday, November 24

चीनबाट फर्किएका व्यक्तिमा कोरोना, सेती अस्पतालको आइसोलेसनमा भर्ना

March 13, 2020 745

धनगढी । फेरी चीनवाट नेपाल आएका एक जनामा कोरोनाको संक्रमण भएको आशंका गरिएको छ । चीनबाट फर्किएका एक नेपालीमा कोरोना भएको आशंकामा आइसोलेसनका लागि अस्पताल पठाइएको छ । यस अघि चीनवाट फर्किएका एक जनामा कोरोनाको संक्रमण देखिएको थियो ।

नेपालगन्जका ति युवा अहिले भने स्वास्थ्य भइसकेका छन् । उनी निको भएर घर फर्केर नियमित काममा लागिसकेका छन् । चीनवाट फर्किएकामा कोरोनाको आशंका गरिएको यिनी दोस्रो ब्यक्ति हुन् । धनगढीमा चेकजाँचका क्रममा उनलाई कोरोनाको आशंका गरिएको हो । कोरोनाभाइरसको आशंकामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ।

ज्वरो आएर छाती दुख्ने समस्या देखिएपछि उनलाई अस्पताल पठाइएको हो । उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरेर थप परिक्षण गर्ने काम सुरु भएको छ । अस्पतालले विहिवार नै उनको स्वास्थ्य जाँचका लागि नमुना लिइसकेको जनाएको छ । त्यो नमुना काठमाडौं पठाउन लागेको अस्पतालका चिकित्सकले जनाएका छन् ।

धनगढीमा यसअघि तीन जनालाई कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएको थियो । उनीहरु कसैमा पनि कोरोना देखिएको थिएन । भारतसंगको सिमाना जोडिएको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा दुइटा आइसोलेसन बेड राखिएको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण गर्न मिल्ने भएकाले देशभरि जुन ठाउँको पनि परीक्षण गर्नुपरे काठमाडौं नै पठाउनुपर्ने हुन्छ।

प्रतिकृया दिनुहोस्