Friday, December 4

श्रीमती मधुसंग घुमघाममा ब्यस्त महानायक राजेश हमाल (तस्वीर सहित)

November 20, 2020 87

अग्लो कद, लामो कपाल र सुगठित शरीरका एक लक्का जवानले नेपाली चलचित्र उद्योगमा धमाकेदार इन्ट्री गरे, २०४० को दशकमा । नाम– राजेश हमाल ।वि.सं २०२१ साल जेठ २७ मा तानसेन पाल्पामा जन्मेका नायक हमाल चलचित्र ‘युगदेखि युगसम्म’ वाट अभिनयमा प्रवेश गरेका थिए ।

आफ्नै मामा स्व. दीपक रायमाझी निर्देशित चलचित्र ‘युगदेखि युगसम्म’वाट फिचर फिल्ममा प्रवेश गरेका हमालले पहिलो चलचित्रवाटै अत्याधिक चर्चा पाए । अन्तत नेपाली चलचित्रमा ‘एक युग’ नै राज गरे । पहिलो चलचित्रबाटै ‘स्टार’ भएपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । पछाडि फर्केर हेर्ने फुर्सद पनि भएन उनलाई ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,

उनै हमालले करिब १५ वर्ष नेपाली चलचित्रमा एकछत्र राज गरे । त्यसपछिका १० वर्षसम्म उनी नायकका रुपमा सक्रिय रहे । तीन वर्षदेखि चाहिँ उनी निस्क्रिय छन् । नेपाली चलचित्रमा ‘हमाल युग’ अन्त्य भएको छ । नेपाली चलचित्रको धार पनि बदलिएको छ । अहिले चल्तीका कलाकारहरु हमालभन्दा फरक शैली र विशेषताका छन् ।

चलचित्रमा सक्रिय नरहे पनि हमाल चर्चाबाट बाहिर भने छैनन् । उनको रोव पहिलेजस्तै छ । एउटा पुस्ताका दर्शकमा उनको क्रेज छँदैछ ।पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेका राजेश अहिले भने नगरकोटमा छन् ।

अहिले उनी श्रीमती मधुसहित नगरकोट पुगेका छन् । उनले सामाजिक सञ्जाल इष्ट्राग्राममा घुमघामका तस्बिर शेयर गर्दै आफु र श्रीमती मधु नगरकोटमा रहेको जानकारी दिएका छन् ।

उनको अभिनयमा अहिले म्युजिक भिडियोहरु निरन्तर सार्बजनिक भैरहेका छन भने केही अगाडि देखि संचालनमा आएको टेलिभिजन कार्यक्रम जातको प्रश्नका कारण उनी माथी पनि केहिले प्रश्न गर्दै विवादमा ल्याउने जमर्को गरे । पछिल्लोपटक ‘सकुन्तला’ मा अभिनय गरेयता पर्दामा दर्शकले उनलाई देख्न पाएका छैनन् ।

हेर्नुस् दम्पती घुमघामका केही तस्वीरहरु:

प्रतिकृया दिनुहोस्