Friday, February 26

कपाल झर्ने कारण र रोकथाम बारे डाक्टर प्रकाश आचार्यको सुझाब

January 30, 2021 75

महिलहरूमा कपाल झर्ने कारणहरू र रोकथामका उपायहरू

– एन्ड्रोजेनेटिक एलोपेसिया यो तत्व महिलामा कम र पुरूषमा धेरै हुने देखिन्छ। तर, पनि महिलामा कम भए पनि पुरूषको तुलनामा महिलामा धेरै यसको कारणले कपाल झर्ने समस्या देखिन्छ ।– प्लेटिलेज टिच्च प्लाज्मा यो हालसालै मात्र अध्यान गर्न थालिएको बिषय हो । यसबाट महिलाको रगत झिकेर प्लाज्मा भन्ने पदार्थलाई टाउकोमा इन्जेक्सन गरिन्छ ।– माइकोनीड्लिङ् को प्रयोगबाट पनि कपाल झर्ने गर्दछ।-टोलिजेन एक्लुवियम ले गर्दा माखिसमा ज्वरो आउने समस्या धेरै देखिन्छ र टिलोचन भन्ने पदार्थले गर्दा कपाल झर्ने गर्दछ ।

– पौष्टिक तत्वको कमिका कारण पनि कपाल झर्ने गर्दछ ।– कपाल टाइट गरेर बध्नालेनि पनि कपाल झर्दछ।-तनावको कारणले पनि कपाल झर्ने गर्दछ-महिलाहरूको बच्चा जन्मिए पछि पनि कपाल झर्ने गर्दछ ।-एपोलेसिया एटियार यसको कारणले चक्का चक्का भएर कपाल झर्ने गर्दछ।-धेरैले कस्मेटिकको सामानहरूको प्रयोगले पनि कलाप झर्ने गर्दछ।

कपाल झर्नबाट रोक्ने उपाय

भिजेको बेलामा कपाल कोर्ने गर्नाले रौँ झर्ने र भाँचिने समस्या बढी हुन्छ, त्यसैले भिजेको बेला कपाल कोर्नु हुँदैन।अनिद्रा पनि कपाल झर्ने समस्याको एक कारण भएकाले रातमा कम्तिमा ६–८ घन्टा निदाउने । कहिले ढिलो कहिले चाँडो नगरी, सुत्ने समय सकेसम्म समान बनाउनेधेरै पानी खाने, स्वस्थ आहार सेवन गर्ने, पेट सफा राख्ने, र धुलोधुवाँबाट कपाललाई जोगाउने।अचेल धेरैले मोटरसाइकल प्रयोग गर्छन् । हेल्मेट लगाउँदा पसिनाले कपाल झर्ने समस्या बढ्न सक्छ । त्यसैले गुम्म नहुने खालका, हावा प्रवेश र निकास हुनेखालका हेल्मेट प्रयोग गर्ने । धेरै पसिना आउनेले सुतीको कपडाले कपाल ढाकेर हेल्मेट लगाउने।

सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थको सेवनबाट सकभर टाढा बस्ने।मुलेठी र दूधको वा मरिच र कागतीको बिजको पेस्ट बनाएर कपाल झरेको ठाउँमा लगाउँदा नयाँ रौं उम्रिन थाल्छ।दैनिक रुपमा सलाद, सागसब्जी धेरैभन्दा धेरै खाने।तनाव, चिन्ता आदिको उचित व्यवस्थापन गर्ने।ध्यान, योग आदि गर्ने ।
डा. प्रकाश आचार्य एम. डी
छाला रोग बिशेषज्ञ

प्रतिकृया दिनुहोस्