विश्व भरि फैलिएको कोरोना भाइरस (covid 19) लाई नियन्त्रण गर्नको लागि नेपाल सरकारले चैत्र ११ गते देखि लक डाउन गरेको छ । लक डाउन थपेसंगै ज्याला मजदुरी गरि खाने धेरै नेपालीहरुमा भोकमारी शुरु भएको छ । कति मजदुरहरु काठमाडौँमा भोक भोकै मरिने अवस्था आए संगै पैदल हिडेरै आफ्नो गाउ जाने गरेको पाइएको छ ।
अझै पनि काठमाडौँको गल्लि गल्लीमा कोठा लिएर बस्दै आएका धेरै मानिसहरु एक छाक खाना नपाएर बस्न बाध्य छन् । धेरै जसो दिउसो काम गरि बेलुकाको छाक टार्ने मजदुरहरु मारमा परेका छन् ।
यस्तै बिचल्लीमा परेका एक दम्पति मिडियामा सहयोग माग्दै आएका छन् । हेटौडा घर बताउने ति दम्पति श्रीमानले कान राम्रो संग सुन्दैन भने श्रीमती एक महिनाको सुत्केरी छिन । ज्यालादारीमा काम गर्ने श्रीमानको लक डाउनले काम ठप्प भएपछी उनीहरुको चुलोमा खाना नपाकेको महिना दिन हुन लागेको रहेछ ।
सुत्केरी श्रीमती र बच्चा को बिजोग टुलुटुलु हेरेर बसेको श्रीमान बताउछन् । उनीहरुको कोठामा केहि खाने कुरा नभएपछी मिडियाकर्मीले उनीहरुलाई केहि राहत मिलोस भनि एक बोरा चामल र नुन तेल किनी दिएका छन् तर उनको कोठामा ग्यास चुलो भए पनि ग्यास सकिएको रहेछ ।ग्यास तिर हेर्दै श्रीमानले खाने कुरा त पायो अब ग्यास कसरि ल्याउने भन्दै सबै जना स्तब्ध भएका थिए । बाकि तलको भिडियोमा हेर्नु होला ।
प्रतिकृया दिनुहोस्