Saturday, January 16

पैसा छर्ने दुबैजना महिलालाई कोनोना नभएको पुष्टि

April 19, 2020 312

जनकपुरधाम, जनकपुरधाम उपमहानगरपालिका–५ मा रूपैयाँ छरेर कोरोना भाइरस सङक्रमण गराउन खोजेको आरोपमा पक्राउ गरिएका महिलाको स्वाब परीक्षण परिणाम ‘नेगेटिभ’ देखिएको छ ।प्रादेशिक अस्पताल जनकपुरधाममा महिलाको स्वाबको पिसिआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको हो । प्रदेश प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहका अनुसार हिजो तीव्र प्रविधिबाट परीक्षण गर्दा एक महिलाको नतिजा ‘पोजेटिभ’ आएकामा आज ती महिलाको घाँटीको स्वाबलाई पिसिआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।

अर्की महिलाको भने हिजै परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।उनीहरु नाताले नन्द भाउजु हुन् । यही वैशाख ५ गते १२ः३० बजे वडा नं ५ को महावीर चोकमा रूपैयाँ छरेर फरार भएको सूचनाका आधारमा सिसिटिभीको फुटेजका माध्यमले दुई महिलाको पहिचान गरी हिजो शनिबार प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाएको थियो । प्रहरीले रूपैयाँ छरेर फरार भएको आरोपमा धनुषा जिल्ला धनौजी गाउँपालिका–५ बहुअर्वाका ५० वर्षीया अमुना खातुन र उनका नन्द जनकपुरधाम उपमहागरपालिका–७ का ३५ वर्षीया अलिना खातुनलाई नियन्त्रणमा लिएको थियो ।(रासस)

प्रतिकृया दिनुहोस्