Tuesday, January 19

वैशाख १५ पछि लकडाउन के हुन्छ ? प्रधानमन्त्रीले देखाए यस्तो सङ्केत !

April 19, 2020 5220

काठमाडौं, ७ वैशाख । नेपालमा फेरी लकडाउनको अवधि थपिने संकेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको समयावधि थपिने संकेत दिएका छन् । आइतवार केही संचारकर्मीहरुसंगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले लकडाउनको समय बढाउने संकेत गरेका हुन् । सरकारले पछिल्लो समय थपेको लकडाउनको अवधि वैशाख १५ मा सकिदैछ । यसपछि थपिने वा नथपिने जिज्ञासा भइरहेका बेला प्रधानमन्त्री ओलीले फेरि पनि लकडाउनको समय थपिने संकेत दिएका हुन् ।

शनिबार साँझ केही सञ्चार माध्यमका सम्पादकहरुसंग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका छन् । भारतमा कोरोना पुष्टि हुनेको संख्या बढ्दै जानु र नेपालमा पनि थपिनु त्यसको आधार हो । छिमेकी मुलुक भारतमा कोरोनाको महामा रीमा सुधार नआएसम्म नेपालको अवस्था खुकुलो नहुने जानकारी दिएका प्रधानमन्त्री ओलीले भने, ‘भारतसँग मेरो कुरा भएको छ । मोदीजीसँग यसमा राम्रो समझदारी छ । उताको स्थिति नसुध्रिएसम्म हामी यताको नागरिकलाई उता र उताकोलाई यता फर्काउन सक्दैनौँ । अन्तर्राष्ट्रिय उडान र सीमाहरु सबै बन्द नै हुन्छन् ।’

लकडाउन घोषणाको झण्डै एक महिना पुग्न लागेको छ । यो अझै कहिलेसम्म लम्बिन्छ ? यसको विकल्पमा अरु कुनै उपाय सोचिरहनुभएको छ ? भन्ने संचारकर्मीको प्रश्नमा प्रधानमन्त्रीको जवाफ यस्तो छ ।

लकडाउन एउटा विधि हो । यो सरकारलाई चाहिएको विषय होइन । हामीले सामाजिक दूरी कायम, मास्क लगाउनेलगायत अरु उपाय पनि गरिरहेका छौँ । परिस्थिति हेरेर स्थिति सहज भएपछि हाम्रा आर्थिक गतिविधि क्रमशः अगाडि बढ्नेछन् । कोरोनाका कारण उत्पन्न आ त ङ्क समाप्त पार्नुपर्छ । कतिपय मुलुकमा हामीले देख्यौँ, बाकसमा लगेर ला श माथि ला श पुरिएको छ ।

के हामी पनि खाल्डोमा ला श माथि ला श पुरिएको हेर्न चाहान्छौँ ? यसले आ त ङ्क सिर्जना भएमा त्यसले ल्याउने डिप्रेशन र क्ष तिको आँकलन गरेका छौँ ? ठूला भनिएकै मुलुकमा स ङ्क्र मित सङ्ख्या बढेपछि अस्पतालमा उपचार गर्न नसकेर सडकमै पाल टाँगेर भेन्टिलेटर राखेर उपचार गराइएको छ । यस्तो स्थितिमा पुग्नुको साटो लकडाउन सहनु नै उपयुक्त हो । त्यसैले लकडाउन गरेर सरकारले जनतालाई दुः ख दियो भन्न मिल्दैन ।

त्यसलाई कुनै राजनीतिको मु द्दा बनाउनु हुँदैन । यो सरकारले लकडाउन गरेको छ भन्ने विषय होइन, जतना जोगाउन गरिएको विषय हो । यो यहाँ मात्र होइन विश्वमै लागू भइरहेको छ । विश्वका कतिपय मुलुकका जहाँ प्रभावकारी लकडाउन छैन, त्यहाँ बढी मानवीय क्ष ति भएको छ । म हा मा रीलाई रोक्ने सन्दर्भमा अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीका आधारमा जोडेर हेर्नु हुँदैन ।

म विश्व समुदायलाई पनि के आह्वान गर्न चाहन्छु भने यसका विरुद्ध विश्व समुदाय एकताबद्ध भएर सतर्क र राष्ट्रिय एकताका साथ हामी जुट्नुपर्छ । यो राजनीतिभन्दा माथिको कुरा हो । यस सन्दर्भमा म संयुक्त राष्ट्रसङ्घका महासचिव एन्तेनिओ गुटेरेसले यसै गरेको आग्रहलाई पालना गरौँ भन्ने जोडदार समर्थन गर्न चाहन्छु । आगामी मे ५ (वैशाख २३) मा असंलग्न मुुलुकहरुको सङ्गठन (नाम) ले चाल्ने कदमको पनि समर्थन गरी हामीले साझा श त्रु वि रुद्ध एक हुन विश्व समुदायलाई आह्वान गर्दैछौँ ।

प्रतिकृया दिनुहोस्