Tuesday, January 26

दुखद खबर्: धादिङको बेनिघाट रोराङमा जीप दु’र्घटना, १ को मृ’त्यु, ७ जना घा’ईते

April 19, 2020 234

धादिङ, धादिङको बेनिघाट रोराङ गाउँपालिकाको आरन भञ्ज्याङमा बोलेरो जीप दु’र्घटना हुँदा १ जनाको मृ’त्यु भएको छ भने ७ जना घा’ईते भएका छन् । आज मलेखुबाट बेनिघाट रोराङ गाउँपालिका ४ खहरे जाँदै गरेको बोलेरो जीप आरन भञ्ज्याङमा दु’र्घटना हुँदा १ जनाको घ’टनास्थलमै मृ’त्यु भएको र अन्य ७ जना घा’ईते भएका हुन । मृ’त्यु हुनेमा ज्वालामुखी गाउँपालिका १ की अन्दाजी २४ वर्षिय सरु बसेल रहेको प्रहरीले जानकारी दिएको छ । मृ’तक बसेल ज्वालामुखीबाट माईत जाँदै गरेको खुलेको छ ।

मलेखुमा तरकारी बेच्न आएका किसानहरुलाई लिएर खहरे जाँदै गरेको बा १ ख ८६३६ नम्बरको उक्त बोलेरो जीप आज करिव दिउँसो पौन ४ बजे सडकबाट अन्दाजी ७ सय मिटर तल खस्दा दु’र्घटना भएको स्थानीय आशिष आचार्यले जानकारी दिनुभयो ।दु’र्घटनामा घा’ईते भएकाहरुलाई ३ वटा एम्बुलेन्सबाट अस्पताल पठाईएको स्थानिय आचार्यले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्