Friday, February 26

क्यामेरामा रेकर्ड नभएको भए कसैले पत्याउने थिएन यो घटना, जान्नका लागी भिडियो सहित पुरा हेर्नुहोस

January 30, 2021 2754

काठमाण्डौ । नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको ह’कहि’त संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ ।

बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस वोर्डको गठन भएको हो । वोर्डको नियमित कार्य संचालन गर्न बैदेशिक रोजगार वोर्डको सचिवालय छ ।

माननीय श्रम तथा रोजगार मन्त्रीको अध्यक्षता रहने यस वोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, बैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, बैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डमा अध्यक्ष सहित २५ जना सदस्यहरु रहनु भएको छ ।

वैदेशिक रोजगार ऐन २०६४, बैदेशिक रोजगार नियमावली २०६४ वोर्डका निर्णय र निर्देशन बमोजिमका कार्यहरु वोर्डले सम्पादन गर्दछ । वोर्डवाट हालसम्म मूख्यरुपमा मृतकका परिवारलाई आर्थिक सहायता,

बिरामी एंव अं’गभं’ग भएकालाई उपचार खर्च, बिदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामुलक कार्यक्रमहरु संचालन, बिदेशमा सुरक्षित गृह संचालन गर्ने कार्य गर्दै

आएको छ ।उपरोक्त कार्यहरु संचालन गर्न वोर्डको एक कल्याणकारी कोष रहने व्यवस्था छ । उक्त कोषमा मूख्य रुपमा बैदेशिक रोजगारमा जाने कामदारहरुले प्रचलित कानूनले तोके बमोजिम जम्मा गरेको रकम रहने व्यवस्था छ ।

मुलुकको कूल ग्राहस्थ उत्पादनको करीव २३ प्रतिशत हि’स्सा ‌ओगटेको यस क्षेत्र अर्थतन्त्रको मेरुदण्डका रुपमा स्थापित हुदै गएको छ । तसर्थ बोर्ड यस क्षेत्रलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन कामदार, व्यवसायी, नागरिक समाज र अन्य सबै सम्वद्ध निकायहरु वीच समन्वय, सहयोग र सहकार्य रहनु पर्ने दृष्टिकोण राख्दछ ।

यसै क्रममा सामाजिक अभियन्ताको रुपमा चिनिएका हेमराज थापाले वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाललाई महानिर्देशकको पदबाट नि’काले’र का’र्वाही गर्छु भन्दै खु’लेआम ध’म्की दिएका छन् ।

अभियन्ता थापाले उक्त विभागको छ’ड्के जाँच गर्न गएको बेलामा विभागले जनताको सहुलियत अुनसारको काम गर्न नसकेको प्रमाण देखाउँदै विभागका महानिर्देशक दाहाललाई कार्वाही गर्ने ध’म्की दिएका हुन् ।

अभियन्ता थापाले आफुलाई का’र्वाही गर्छु भनेपछि विभागका महानिर्देशक दाहालले पनि सकिन्छ भने आफुलाई का’र्वाही गरेर देखाउन थापालाई चुनौति दिएका छन् । विभागले काम गर्न नसकेको भन्दै थापाले यस्तो व्यक्ति विभागीय प्रमुख बनेर बस्न नहुने तर्क राखेका थिए ।

उनले पाएको जिम्मेवारीका साथ जस्ले काम गर्न सक्दैन त्यस्तो व्यक्तिलाई पदमा बसिरहन कुनै आवश्यकता छैन भन्दै प्रधानमन्त्री केपी ओलीलाई कार्वाही गर्ने ध’म्की वैदेशिक रोजगार विभागकै कार्यालयबाटै दिएका छन् ।

छ’ड्के जाँच गर्न गएका हेमराजको रु’खो बोली र व्यबहारलाई देखेर विभागका महानिर्देशक दाहालले पनि हेमराजलाई नीति र पद्धतिका कुरा सिकाउँदै आफुले कुनै गल्ती नगरेको र गरेकै हो भने पनि प्रमाणका साथमा आफुलाई का’राव’ही गरेर देखाउन उनले चुनौति नै दिएका थिए ।

दुवैबीच काम र का’रावा’हीको विषयलाई लिएर निकै बेर च’र्काच’र्की नै परेको थियो । त्यसै शिलशिलामा विभागका महानिर्देशक दाहालको कामप्रति गुनासो गर्दै उनका विषयमा बोलिएका अडियो क्लिप पनि सुनाईएको थियो । जस्मा दाहालको प्रतिकृया यस्तो थियो । भिडियोसहित

प्रतिकृया दिनुहोस्