Sunday, November 29

श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द

March 13, 2020 285

काठमाडौँ, ३० फागुन । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन बन्द गरेको छ ।नेपाली श्रमिक कार्यरत देशमा समेत कोरोना भाइरसको जोखिम बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिश्चितकालसम्म श्रम स्वीकृति बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अर्थात् वैशाख १२ गतेभन्दा अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने सरकारले निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई विश्वव्यापी महामारीको घोषणा गरेपछि कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरेको थियो ।

नेपालको मुख्य श्रम गन्तव्य कतार, साउदी, मलेसिया, यूएई लगायतका देशमा पनि अहिले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । कोरोनाको सङ्क्रमण बढ्न नदिन भन्दै कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ ।

प्रतिकृया दिनुहोस्