Tuesday, January 26

बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको ७० औं जन्मदिन आज

April 19, 2020 265

काठमाडौं, ०७ बैशाख । बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । २००७ साल बैशाख ०७ गते काठमाडौँको जितपुर फेदीमा जन्मिएका उनि आजको दिनबाट ७० बर्षमा प्रवेश गरेका छन ।

सानै देखि गायन र कलाकारितामा रुचि भएका उनले यस क्षेत्रमा पनि चार दशक बढी बिताईसकेका छन् । अझ उनको लोकप्रियताको कुरा गर्नु पर्दा उनि देशमा मात्र नभई विश्वका थुप्रै राष्ट्रहरुमा समेत चर्चित छन्। नाटक ,हास्य प्रहशन, टेली चलचित्र ,रेडियो कार्यक्रम ,विज्ञापन ,संदेश मुलक जानकारी र चलचित्र समेत निर्माण गरिसकेका उनको ‘महको म’ नामको आत्म कथा समेत सार्वजनिक भैसकेको छ

कलाकारिता क्षेत्रमा लामो समय संगै बिताईसकेका चर्चित हास्यकलाकार हरिबंश आचार्यसंगको मह संचार नामको उनीहरुको प्रोडक्सन कम्पनि रहेको छ । जसबाट चलचित्र ,टेली चलचित्र तथा विज्ञापनहरु निर्माण गारिन्छ ।गतबर्ष मात्रै धर्मपत्नी गुमाएका मदन कृष्ण श्रेष्ठले जति अरुलाई हसाउँछन् त्यति नै आफु भने रुने गरेका छन् ।

उनि केहि वर्ष देखि ‘पार्किन्सन’ नामको रोग बाट पनि पिडित छन । आफ्नो रोग र समस्यालाई थाति राखेर उनि काम र कर्तब्यबाट कहिल्यै बिमुख हुदैनन् । त्यसैले पनि उनि सबैका प्रिय कलाकार हुन सफल भएका हुन् ।

प्रतिकृया दिनुहोस्