Wednesday, March 3

विष्णु रिजालको नजरमा पूर्वप्रधानमन्त्री डा. भट्टराई ‘हाम्रो मुलुकको एक उत्कृष्ट मस्तिष्क’

February 23, 2021 68

काठमाडौ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि हाल भारत मा छन् । उनी मंगलवार अस्पताल भर्ना भएका छन् । उनी शनिवार उपचारका लागि भारत प्रस्थान गरेका हुन् ।

उनीसंग हिसिला यमी पनि साथमै छन् । पूर्व प्रधानमन्त्री भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विष्णु रिजालले लेखे स्टाटस लेखेका छन् । उनले भट्टराइको प्रशंसा गर्दै हाम्रो मुलुकको एक उत्कृष्ट मस्तिष्क भन्दै टिप्पणी गरेका छन् ।

मंगलवार बिहान नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा भर्ना भएका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। भट्टराईको उनले सुस्वास्थ्य र शीघ्र सुधारको कामना गरेका हुन्।

‘पूर्वप्रधानमन्त्री बाबुरामज्यू ! म तपाईंको सुस्वास्थ्य एवं शीघ्र सुधारको कामना गर्छु,’ सामाजिक सञ्जालमा नेता रिजालले भनेका छन्, ‘हाम्रो देशको एउटा उत्कृष्ट दिमाग !’

पेटमा देखिएको समस्याको उपचारका लागि उनी भारत गएका हुन् । लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएको र थप उपचारका लागि उनलाई चिकित्सकहरुले नै भारत जान सुझाव दिएका कारण उनी भारत गएका हुन् ।

चिकित्सकहरुले न्युरो–इ न्डो क्राइनको ट्यु मर भएको आशंका गरी उनलाई थप उपचारको लागि भारत जान सल्लाह र सिफारिश गरेका हुन् ।

प्रतिकृया दिनुहोस्