Saturday, January 16

आर्यन सिग्देलको यो अवस्था, के छ बास्तविकता [भिडियोसहित]

April 19, 2020 370

काठमाडौ । आर्यन सिग्देल नेपालका चर्चित अभिनेता हुन्। उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागि चिनिन्छ। उनी यो लकडाउनका बेला एकाएक भाइरल बनेका छन् । उनी खेतबारी र घरमा ब्यस्त भएको यहाँ हामीले पोष्ट गरेको भिडियो जतातै सेयर भइरहेको छ । उनले राम्रो समयको सदुपयो गरेको, सेलिब्रेटीले राम्रो सन्देश दिएको भन्दै प्रसंशाका कमेण्टहरु आइरहेका छन् । उक्त भिडियो यहाँपनि राखेका छौ । हेर्न सक्नुहुनेछ ।

आर्यन सिग्देलले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए। उनले रोमान्टिक चलचित्र मेरो एउटा साथि छ मा प्रमुख भुमिका निर्वाह गरेका थिए जसमा उनको भुमिका बिग्रिएको राणा खानदानको छोरोको रूपमा थियो। रामचन्द्र सिग्देल र सारदा सिग्देलको जेठो सन्तानका रूपमा हिन्दु पण्डितको घरमा सुर्खेत जिल्लाको गोठिकाडामा आर्यनको जन्म अगष्ट ५, १९८४ मा हरिश सिग्देलको रूपमा भएको थियो । सिग्देलको एउटा बहिनी यशोदा न्यौपाने अहिले अष्टे्लियामा छिन् । उनको परिवार पछि काठमान्डौको थानकोटमा बसाइ सरेको थियो।

आर्यनले दिपेन्द्र पुलिस स्कुलबाट आफ्नो शिक्षा प्रारम्भ गरेका थिए भने एसएलसी चाहि मंगलदोय उच्च मा.वी बाट पास गरेका थिए। पछि उनी रत्न राज्य क्यापसमा बिजनेस पढन भर्ना भएका थिए तर उनले अभिनयको कक्षा लिन थाले पछि शिक्षा अपुरो नै रहन गयो। उनको पहिलो मुख्य भूमिका रहेको चलचित्र किस्मत, बिपरित रेखा थापा हो। उनको दोस्रो अभिनय रहेको चलचित्र मौसम, जुन बोक्ष् ओफ्फिस मा औसत हिट भयो। २००९ मा उनको तेस्रो चलचित्र मेरो एउटा साथी छ पनि चर्चामा छ । यी चलचित्रको कारणले आर्यन सिग्देलको नाम नेपाल मा छायो। २०१० मा उनको चलचित्र हिफाजत, फिर्स्ट लभ ,द फ्लाश्बैक (फर्केर हेर्दा) सबैभन्दा ठूलो हिट पायो।

२०११० मा ६ ओटा चलचित्र जारी भयो। तीमध्ये २ चलचित्र कोहि मेरो र बाँधी ले त्यती राम्रो ब्यापार गरेनन् कसले चोर्यो मेरो मन ले बोक्ष् ओफ्फिसको सबै रेकोर्ड तोड्यो। यो फिल्ममा पनि आफु बिपरित रेखा थापा संग खेलेका थिए। आर्यन स्थानिय नाच क्ल्ब (त्रिकोण कलाकेन्द्र) सँग आबद्द भइ कयौं कार्यक्रमहरूमा सहभागि पनि भए। त्यसपछि उनले सडक नाटकहरूमा पनि अभिनय गर्न थाले। सडक नाटक जनताको प्रजातन्त्रमा मुख्य भुमिकामा गरेको अभिनयले उनलाई अभिनय क्षेत्रलाई पेशा बनाउन उत्प्रेरणा दियो। यो नाटक परिवर्तन नेपालले आयोजना गरेको थियो, जहाँ आर्यन अभिनयकला सिक्दथे। त्यसपछि उनले कयौं म्युजिक भिडियो तथा टेलिभिजनमा पनि अभिनय गरे।

प्रतिकृया दिनुहोस्