Friday, January 22

श्रीमतीलाई अंश दिनुपर्ने भएपछि श्रीमानले जलाए १० लाख डलर !

April 19, 2020 709

ओटावा– पारपाचुके गरेकी श्रीमतीलाई अंश दिनुपर्ने भएपछि क्यानाडाका एकजना ब्यापारीले १० लाख क्यानेडियन डलर आगो लगाएर नष्ट गरेका छन् ।क्यानाडाको राजधानी ओटावाका बासिन्दा रहेका ब्रुस मककोनभिलले पारपाचुके गरेकी श्रीमतीसँग आफ्नो सम्पत्ति अंश लगाउनु पर्ने भएपछि आफूले त्यसो गरेको दाबी गरेका हुन् ।

गत साता अदालतमा दिएका बयान अनुसार उनले विभिन्न ६ बैंकबाट २५ पटकसम्म गरी १० लाख क्यानेडियन डलर अर्थात् ८ करोड ६१ लाख नेपाली रुपैयाँभन्दा बढी झिकेको र पैसामा आगो लगाएका हुन् । उनले पहिलो पटक गत सेप्टेम्बर २३ मा ७ लाख ४३ हजार डलर नष्ट गरेको र पुनः डिसेम्बर १५ मा बाँकी २ लाख ९६ हजार डलर नष्ट गरेको अदालतमा बयान दिएका छन् ।

सम्बन्धविच्छेद सम्झौताअनुसार पारपाचुके गरेकी श्रीमतीलाई अंश दिनुपर्ने अनी आफ्ना सन्तानको स्याहारका लागि पनि श्रीमतीलाई पैसा दिनुपर्ने भएपछि आफूले त्यसो गरेको उनको दाबी छ । उनले सन् २०१८ मा ओटावा शहरको मेयरको उम्मेद्वारी समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस्