Sunday, November 29

तोलामा एकै पटक यती धेरैले ह्वात्तै घट्यो सुनको मूल्य

March 13, 2020 13810

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजारले कम भएको छ ।नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीवार ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजारले घटेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँ कायमा भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७८ हजार २ सय रहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले कमि आएको छ ।बिहीवार प्रतितोला चाँदीको मूल्य ८ सय ६० रहेको थियो । भने आज मूल्यमा कमि आइ चाँदीको मूल्य ८ सय २० कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्