Friday, March 5

यति कम उमेरमा दे’ह’त्यागको बाटो रोजेकी अभिनेत्री जिया खानको मृ’ त्युको र’हस्य किन अझै खुल्न सकेन ?

February 20, 2021 85

१९८८ को फेब्रुअरी २० अर्थात आजैका दिन बलिउड अभिनेत्री जिया खान जन्मिएकी थिइन् । अमेरिकाको न्युयोर्कमा जन्मिएकी यी अभिनेत्रीको २५ वर्षको उमेरमै ३ जून २०१३ मा मुम्बई शहरको जुहुस्थित घरमा र’ह’स्यमय मृ’ त्यु भयो । यो रहस्य अझै सुल्झिएको छैन । जियाले आफ्नो करियरमा केवल तीनवटा फिल्म खेलेकी थिइन् । तर, उनको अभिनय कलालाई समर्थकहरुले अझै बिर्सिएका छैनन् ।

अर्को रोचक कुरा, तीनवटै फिल्ममा उनले बलिउडका दिग्गज कलाकारसँग स्क्रिन शेयर गरेकी थिइन् । आफ्नो पहिलो फिल्म निशब्दमा उनले अमिताभ बच्चनसँग काम गरेकी थिइन् । यस फिल्मको केही विरोध भएपनि त्यसले जियाको नाम चर्चामा आयो र मानिसहरुले उनलाई चिन्न थाले । त्यसपछि गजनीमा आमिर खान र हाउसफुलमा अक्षयकुमारसँग उनले काम गरिन् ।

आदित्य पन्चोलीका छोरा सुरज पन्चोलीसँग जियाको प्रेम सम्बन्ध थियो । तर, केही समयपछि सुरजसँग जियाको सम्बन्ध पनि बिग्रन थाल्यो । ३ जुन २०१३ मा जियाको श’ व उनकै घरमा डोरीमा झु’ न्डि’ एको अवस्थामा भेटियो । म’ र्नु भन्दा अघि अन्तिमपटक जियाले सुरजसँग नै कुराकानी गरेकी थिइन् । पुलिसले यस घटनाको अनुसन्धानका क्रममा सुरजलाई पक्राउ गरेर २३ दिनसम्म जेलमा राख्यो, त्यसपछि जमानतमा उनी रिहा भए । यस घटनाको ७ वर्षपछि पनि उनको मृ’त्युको र’ह’स्य अझै खुलेको छैन ।

प्रतिकृया दिनुहोस्