Friday, December 4

बाँदर धपाउने मेसिन हैन, कोरोना भाइरसको औषधि बनाउन सुझाव दिएपछि पुन र मगरको जुहारी

March 13, 2020 779

काठमाडौं। समाजिक संजालमा बेलाबेलामा वि’वाद या चर्चामा आइरहने दिल निशानी पुनः एकपटक चर्चामा आएका छन् ।आहिले विश्वमा कोरोनाको कहर मचिरहेको बेला पत्रकार दिल निशानी मगरले राष्ट्रिय आविष्कार केन्द्रका संयोजक माहविर पुनलाई व्यंग्य गर्दै दिल निशानीले ‪’महाविर पुनले आविष्कार गर्न सक्छन् भने कोरोना भाईरसको औषधी आविष्कार गर्ने हो। आजको युगमा त्यो नाथे बाँदर धपाउने मेशिन बनाएर कोही आश्चर्य मान्ने छैनन्।‬’ भनेेेपछि समाजिक संजालमा जुहारी चलेको छ।

राष्ट्रिय आविष्कार केन्द्रका संयोजक माहविर पुनले पनि दिल निशानीलाई व्यंग्य गर्दै लेख्छन्:

अत्यन्तै महत्वपूर्ण सूचना !!!

तलको फोटोमा लेखिएको ज्यादै खुसीको खबर पढेर कृपया सम्पूर्ण नेपालीहरुले भाई दिल निसानी मगर लाई धेरै धेरै धन्यबाद दिनुहोस. किन भने भाईले युरोप तिरै बसेर गहिरो ध्यानदृष्टि गर्दा उनको तेस्रो आँखाले सारा नेपालीको कठोर परीश्रम र पसिना बाट बल्ल बल्ल बन्दै गरेको राष्ट्रिय आविष्कार केन्द्र लाई देखेछन. देखेको मात्र कहाँ हो र? उनको अन्तरात्माले यस केन्द्रको क्षमता पनि अद्भुत नै भएको थाहा पाएछन्. अब केहि होला जस्तो छ.

त्यसैले उनले अमेरिका, चीन, जापान, बेलायत, जर्मनी, कोरिया जस्ता थुपरै अति बिकसित भनिने देशहरुमा भएका र संसार कै ठुला ठुला युनिभर्सिटी र अनुसन्धान केन्द्रहरुमा संसार कै नामुद बैज्ञानिकहरुले बिगतको चार पांच महिना देखि अरबौं डलर खर्च गरि मरी मेट्दा पनि आविष्कार गर्न पटक्कै नसकेको कोरोना भन्ने मात्तिएको भाइरसको औषधीको आविष्कार गर्ने काम राष्ट्रिय आविष्कार केन्द्रले नै गर्नु पर्छ भनेर भाइले ठोकुवा गरिदिएका छन्. यो हाम्रो देशको लागि अत्यन्तै ठुलो भाग्य्को कुरा हो.

यसरी हाम्रा दुई ओटा आँखाले प्रष्टै संग देखिने जाबो बाँदर र जंगली जनावर तर्साउने उपकरण बनाउनुको सट्टा शक्तिशाली सुक्ष्मदर्शक यन्त्रले पनि देख्न नसकिने पापी भाइरसको औषधि पत्ता लगाउने बरदान र अधिकार दिलदार भाई दिल निसानी मगरले कहिँ पनि केहि काम नपाएको म र राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्ने सबै भाई बहिनीहरु लाई दिएको हुनाले कृपया सम्पूर्ण नेपाली सहित कोरोना भाइरसले सातो उडाई दिएको बिश्व भारीका सम्पूर्ण ७ अर्ब मनुष्यहरुले धेरै धेरै नम्र सेवा ढोग गर्न हुन अनुरोध गर्दछु. कृपया कसैले पनि गाली गलौज पटक्कै नगर्नु होला किन भने हामी नेपालीहरुको भलो चिताउने महान व्यक्तिहरुलाई गाली गर्ने साह्रै नै नराम्रो बानी छ. सायद म पनि मगर नै भएको हुनाले दिल निसानी मगर भाईले मलाइ यस्तो कृपा गरेको पनि हुन सक्छ. धन्यबाद.

प्रतिकृया दिनुहोस्