Saturday, January 23

Breaking: चितवनका दुई जनामा कोरोना संक्रमण पुष्टि, टेकु प्रयोगशालामा पनि पोजिटिभ देखियो

April 17, 2020 255

काठमान्डौ , चितवनका दुई जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुई जनाकै कोरोना पोजिटिभ देखिएको हो ।यसअघि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाले ती दुई जनाको हिजो राती कोरोना पोजिटिभ भएको नतिजा दिएको थियो । त्यसपछि राती नै पुनः परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको थियो । पूर्वीचितवनको राप्ती नगरपालिकाकी ती कोरोना संक्रमित आमा र छोरा अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन् ।

चितवनमा कोरोना संक्रमणको यो पहिलो केस हो । यसअघि चितवनमा कोरोना संक्रमित फेला परेका थिएनन् ।¥यापिड टेस्टको क्रममा शंकास्पद देखिएपछि दुई जनासहित परिवारका अर्का एक व्यक्तिलाई भरतपुर ल्याइएको थियो । उनीहरुको हिजो (बिहीबार) स्वाब संकलन गरी भरतपुरमा परीक्षण गरिएको थियो । कोरोना संक्रमित दुवै जनाको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । बिहीबार भरतपुरमा ३६ जनाको कोरोना परीक्षण हुँदा पहिलो चरणमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । पाँच जनाको पुनः परीक्षण गर्दा तीन जनाको नेगेटिभ र दुई जनाको पोजिटिभ रिपोर्ट आएको थियो ।

प्रतिकृया दिनुहोस्