Wednesday, March 3

विनय हिरासतमा पुगेपछि पुजाको आयो प्रतिकृया, विनयजंगको मोवाइलमा सपनाको नां गा तस्बिर पठाउने ब्यक्तिको गरिन् खुलासा (भिडियो हेर्नुस्)

February 19, 2021 65

काठमाडौ । बिबिसीले विश्वका प्रभावशाली १०० महिलाको सूचीमा राखेकी सपना रोकाले दिएको उजुरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका छन् । विनयजंगले सपनाको नाँ गो तस्बिर मेरो मोवाइल र पेनड्राइभमा छ म आवश्यक पर्यो भने सार्वजनिक गरिदिन्छु भनेर ध म्की दिए पछि सपनाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

सपना र विनयजंग वेवारिसे शव ब्यवस्थापनमा केही समय संगै काम गर्थे । तर पछिल्लो समय उनीहरुबीच सम्बन्ध विग्रिएपछि अहिले सपनाले आफ्नो छुट्टै संस्था दर्ता गरेर काम थालेकी छन् । उनले छुट्टै काम थालेपछि सपनासंग विनयजंगको सम्बन्ध थप विग्रियो । त्यसैवेला सपनाको बुवाआमाले उनीहरुको सम्बन्धमा बारेमा केही नयाँ कुरा खुलाएपछि थप चर्चा भएको थियो ।

यस विषयमा पहिलो पटक विनयजंगको प्रेमिका भनिएकी पुजा विकले खुलाएकी छन् । पुजाले सपना र विनयजंग बुवा छोरीकै सम्बन्धमा रहेको र विनयजंगले सपनाका पूर्व श्रीमान दावी गरेका ब्यक्तिले विनयजंगलाई सपनाको तस्बिर पठाएको आफुले थाहा पाएको बताएकी छन् ।

उनले विनयजंग रिह्याव सेन्टरमा जाँदा विनयजंगको मोवाइल हेर्दा त्यस्ता तस्बिर आफुले पनि देखेको बताएकी छन् । ति तस्विर सपनाको पूर्व पति भनेर दावी गरेका ब्यक्तिले नै विनयजंगलाई पठाएको उनको भनाई छ । उनले वुवाआमाले पनि सपना र विनयजंगको सम्बन्धका बारेमा गलत बुझाई राखेको बताएकी छन् । उनले आफु सपना र विनयजंगसंग बराबर रुपमा नजिक रहेकाले को सहि हो को गलत भनेर छुट्याउन नसकेको बताएकी छन् ।

उनले अनावश्यक रुपमा अन्य ब्यक्तिको संलग्नता नभए विनय र सपना फेरी एक भएर काम गर्न सक्ने सम्भावना रहेको बताएकी छन् । उनले समाजमा उनीहरुलाई मिलाउने भन्दा पनि विवादमा ल्याउने समुह सकृय भएको बताएकी छन् ।

प्रतिकृया दिनुहोस्